पाठ्यपुस्तक छैन भन्नु मुर्ख्याइँमात्र , जनक शिक्षाको लापरवाही

काठमाडौं: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ कि सुप्रिया चौंलागाई ६ कक्षामा पढ्छिन् । दुई घन्टा हिँडेर विद्यालय पुग्ने सुप्रियाले पढ्न गाह्रो लाग्ने विषय विज्ञान, गणित, अंग्रेजीका पुस्तक अझै पाएकी छैनन् । ‘विद्यालयमा त सरहरुले पढाउनुहुन्छ । हाम्रो किताब छैन । होमवर्क पनि गर्न पाइदैन’, उनले भनिन् । जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । तर, सुप्रियालेजस्तै धेरै विद्यार्थीले पुस्तक पाएका छैनन् ।

रोल्पाको माडी गाउँपालिकामा कक्षा १० को भूगोल, कक्षा ९ को शिक्षा, कक्षा ८ र ६ को विज्ञान, गणित, अंग्रेजी विषयका केही पुस्तकमात्र पुगेको छ । कक्षा ५ को कुनै पनि पुस्तक भने विद्यार्थीले नपाएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कमलप्रसाद खत्रीले बताए । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ को नवलपुर माविकी शिक्षक कल्याणी थापाले कक्षा १, २, ३ र ५ को बाहेक सबै कक्षाको पुस्तक अपूर्ण रहेको बताइन् ।

चालु शैक्षिक सत्रदेखि कक्षा ४, ७, र ९ को नयाँ पाठ्यपुस्तक लागू भएको छ । अरु कक्षाका पुराना भए पनि पढाउन समस्या नभएको तर नयाँ पाठ्यक्रम अनुसार लागू भएको पुस्तक नपुग्दा भने समस्या भएको उनको भनाइ छ । उनी भन्छिन्, ‘अरु कक्षाको त पुराना भए पनि छन् तर ४, ७, र ९ कक्षाको पुस्तक नयाँ भएकोले विद्यार्थीले पढ्न पाएका छैनन् । हामीले गृहकार्य दिन पनि सकेका छैनौं ।’

पढाइ नरोकिएको सरकारी दाबी

पाठ्यपुस्तक सबै जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापिन्छन् । तर उसले समयमै पुस्तक नछापेका कारण अभाव भएको हो । अझै करिब १५ लाख पुस्तक छपाइ हुन बाँकी रहेको केन्द्रले जनाएको छ । कक्षा ५, ६ र ८ को अंग्रेजी, नेपाली र सामाजिक विषय अभाव देखिएकाले छाप्दै बजारमा पठाउँदै गरेको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले बताए ।

दैनिक एक लाख पुस्तक छपाइ भइरहेकाले अब १५ दिनभित्र सक्ने उनले दाबी गरे । उनले भने ‘करिब १५ लाख जति छपाइ गर्न बाँकी छ । अबको २० दिनभित्र सक्छौं ।’

तर पुस्तक अभावमा पठनपाठन गराउनै नसक्ने अवस्था भने नरहेको आचार्य जिकिर गर्छन् । ‘पुस्तक पूरा नभएको हो तर पुस्तक नभएर पढाउन नसक्ने स्थिति पनि होइन । विद्यार्थीलाई नयाँ पुस्तक पाइएन भन्नेमात्र हो, नत्र समस्या छैन’, उनले भने ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगाना पनि पुस्तक अभावले पढ्नै असहज हुने स्थिति नभएको जिकिर गर्छन् । उनले भने, ‘बाहिर चर्चा चलेजस्तो किताब नै नभएको हैन । अपुग भएको हो ।’

जनक शिक्षाले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ गर्नुपरेको र कागज आपूर्ति समयमा नहुँदा छपाइ ढिला भएको जिकिर गर्दै आएको छ ।

तर, स्थानीय तहको चुनाव हुने समय निश्चित हुँदाहुँदै जनक शिक्षाको लापरवाहीले पाठ्यपुस्तक समयमा नछापिएको सरोकारवाला बताउँछन् । ‘स्थानीय तहको चुनाव हुने समय त थाहै थियो त । जनक शिक्षाले स्थानीय तहको चुनावमा मतपत्र छाप्नु परेर ढिलो भन्नु मिल्दैन । आफ्नो गल्ती ढाक्न मतपत्र छपाइको बहाना बनाउन मिल्दैन’ उनले भने ।

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला भने सधैं पाठ्यपुस्तक छैन भन्नु मुर्ख्याइँमात्र भएको बताउँछन् । ‘वर्षै पच्छे किन किताब छाप्नुप¥यो ? एउटा पाठ्यपुस्तक दिदीले पढेर भाइलाई दिँदा के हुन्छ ? माथिल्लो कक्षाका बालबालिकाले पढ्छन् तल्लो कक्षालाई सारिदिँदा के हुन्छ ?’ उनी प्रश्न गर्छन् ।

उनी यो बाहेक अर्को सुझाव पनि दिन्छन् । ‘लाइब्रेरीमा सेट राखिदिने त्यहाँ गएर पढ भनेर के हुन्छ ? अहिले त वेबसाइटमा पनि किताब राखिएको छ । त्यही डाउनलोड गरेर पढ भन्दा अथवा पढाउँदा के हुन्छ ? किताब छैन भनेर कोकोहोलो गर्नु मुर्ख्याइँ हो ।’

बिहीबार नेकपा एमालेकी सांसद नविना लामाले बिहीबार संसद बैठकमा बोल्दै समयमा पुस्तक छाप्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेजीको माग गरिन् ।

तर पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगाना भने भएका सरकारी संस्थालाई बलियो बनाउँदै जानुपर्ने तर्क गर्छन् । ‘किन निजीलाई दिन जोड गरिँदैछ थाह छैन तर, हामीले त सरकारी निकायलाई बलियो बनाउनतर्फ पहल गर्नुपर्ने होला नि ।’

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago