काठमाडौँ: भारतमा पब्जीका लागि आमाको हत्या गर्ने नाबालिग छोराले राती २ बजे आमालाई गोली हानेको स्वीकार गरे, तर उनकाे दिउँसो १२ बजेसम्म जिउँदै रहेको जानकारी दिएको छ । भारतीय मिडिया दैनिक भास्करका अनुसार आमाको मृत्युको पर्खाइमा उनी बारम्बार ढोका खोलेर हेर्दा आमालाई तड्पिरहेको देख्थे त्यसपछि कोठामा ताला लगाउँथे ।

साधना सिंहको हत्या गर्ने आफ्नो १६ वर्षीय छोरालाई फेरि सोधपुछ गरिएको अतिरिक्त प्रहरी उपायुक्त (एडीसीपी) काशिम आब्दीले बताए । सोधपुछमा उनले प्रहरीलाई बताए अनुसार ४ जुन शनिबार राती उनी आमासँग नै सुतेका थिए । बन्दुक त्यहि कोठामा राखिएको थियो । आमाको सिरानीबाट चाबी निकालेर करिब २ बजे दराजबाट बन्दुक निकाले । बन्दुकसँगै म्यागजिन र बुलेट राखिएको थियो । म्यागजिन लोड गर्नेबेला हात काहिरहेको थियो किनभने यसअघि पहिले उनले कहिल्यै वास्तविक बन्दुक चलाएका थिएनन् ।

बहिनी सुतिरहेको ठाउँबाट गोली प्रहार

हात काँपेका कारण तीनवटा गोली भुइँमा खसेका थिए । त्यसपछि उनी पेस्तोल लिएर आमा भएठाउँ गए । १० वर्षीया बहिनी पनि आमासँगै ओछ्यानको दाहिने छेउमा सुतिरहेकी थिइन् । हत्यारा छोरालाई गोली हानेपछि यसले शरीर छेडेर बाहिर निस्कने हो कि भन्ने अनुमान थियो त्यसैले उनले बहिनी जता सुतिरहेकी थिइन्, त्यहाँ बाटै आमामाथि गोली हाने ।

बहिनी उठेपछि मुख समातेर आफूतर्फ घुमाए

बन्दुकलाई आमाको कञ्चटको दायाँ तर्फ राखे र आँखा बन्द गरेर ट्रिगर दबाए । गोलीको आवाज सुन्नेबित्तिकै बहिनी हड्बडाएर उठिन् तर उनले बहिनीको मुख समातेर आफूतर्फ घुमाए । गोली लाग्ने बित्तिकै आमाको टाउकोबाट रगतको धारा बग्न थाल्यो । त्यसपछि बहिनीलाई लिएर अर्को कोठामा गए र त्यहाँको ढोका लक गरिदिए ।

१० घण्टामा ८ पटक आमालाई छट्पटिरहेको देखे, दिउँसो १२ बजे सास रोकियो

हत्यारा छोराले प्रहरीलाई दिएको जानकारी अनुसार गोली लागेपछि आमा बेडमा छट्पटिन थालिन् । उनले आमालाई त्यहि हालतमा छोडेर बहिनीलाई लिएर अर्को कोठामा गए । अर्को गोली हान्ने इच्छा भएन । त्यसैले आमा कहिले मर्छिन् भनेर प्रतीक्षा गर्न थाले । हरेक घण्टा कोठामा जान्थे र आमालाई तड्पिरहेको देख्थे तर एकपटक पनि उनलाई बचाउने हो कि भन्ने सोच आएन ।

हरेक पल्ट आमालाई हेर्न जाँदा नाक नजिकै औँला राखेर सास चलिरहेको छ कि छैन भनेर हेर्थे । १० घण्टामा ८ पटक सास चले नचलेको हेरे । दिउँसो १२ बजे अन्तिम पटक जाँदा आमाको शरीरमा कुनै हलचल थिएन । सास रोकिइसकेको थियो । त्यसपछि मात्रै अब आमाको मृत्यु भइसकेको छ भनेर उनलाई विश्वास भयो ।

नजिकै थियो सबैभन्दा ठूलो अस्पताल थियो, ज्यान बचाउन सकिन्थ्यो

एडीसीपीका अनुसार साधनाको घरबाट पीजीआई अस्पतालको दुरी २ किलोमिटर टाढा थियो । गोली टाउकोबाट निस्केको थियो । समयमै उपचार पाएको भए उनको ज्यान बच्ने सम्भावना थियो । आरोपित छोराले प्रहरीलाई यसबारे जानकारी दिँदा एडीसीपीले रोष व्यक्त गर्दै र अफसोस जताउँदै भने, ‘काश कसैले घटनाबारे प्रहरीलाई जानकारी दिएको भए ।’

शव ३ दिनसम्म घरमा लुकाएर राखे

आमाको हत्यापछि हत्याराका छोराले शव ३ दिनसम्म घरमै राखे । प्रहरीले दिएको जानकारी अनुसार ५ जूनको बिहान बहिनीलाई कोठामा थुनेर आमाको स्कुटी लिएर बाहिर थिए । बेलुका एक साथीलाई फोन गरेर बोलाए । बहिनीलाई अर्को कोठामा बन्द गरेर साथीसँग पार्टी गरे । साथीहरुले आमाबारे सोध्दा हजुरआमालाई भेट्न गएको भने ।

६ जुन दिउँसो करिब १२ बजे बहिनीले भोक लागेको बताइन् । त्यसैले छिमेकीको घरमा गएर आमा हजुरआमालाई भेट्न गएको र आफूलाई खाना बनाउन नआएको र बहिनीलाई भोक लागेको बताउँदै खानेकुरा ल्याए । बेलुका ५ बजे अर्का साथीलाई बोलाए ।

त्यसपछि ७ जून मंगलबार बेलुकासम्म घरमा असाध्यै धेरै दुर्गन्ध फैलियो । त्यसपछि उनलाई घटना लुकाउन अब मुश्किल भएको जस्तो लाग्यो । त्यसैले ७ बजेतिर पिता नविनलाई फोन गरेर हत्याबारे जानकारी दिए ।

पिताले भने– म चाहन्छु कि मेरो छोरा जीवनभर जेलमा रहोस्

यस मामिलामा नवीनकी आमा नीरजा देवीले नातिनी विरुद्ध बुहारीको हत्याको उजुरी दिएकी छन् । आरोपित छोरालाई बाल सुधार गृहमा पठाइएको छ । हत्यारा छोराका सैनिक बाबु नविनले रुँदै भने, ‘हरेक मानिसले आफ्नो छोरा–छोरीले हाँसीखुसी जीवन बिताओस् भन्ने चाहना राख्छन्, तर म मेरो छोरो जीवनभर जेलमा रहोस् भन्ने चाहन्छु, छोराले आफ्नो अपराधको पूरा सजाय पाओस् । यसका लागि हरसम्भव प्रयास गर्नेछु ।’

बहिनी हत्याकाे प्रत्यक्षदर्शी

१० वर्षीया छोरीले सबै कुरा आफ्नै आँखाले देखेको बुवा नवीनले बताए । उनी प्रत्यक्षदर्शीको रुपमा अदालतमा हाजिर हुनेछिन् । छोरीलाई कसैले नभड्काओस् र यो मेन्टल ट्रमाबाट बाहिर निकाल्नका लागि उनले आफैँसँग राखेको पनि बताए ।

साभार: रातोपाटी

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago