काठमाडौँ: स्थानीय तहको चुनाव आउन २ दिन बाँकी रहँदा संघीय राजधानी काठमाडौंबाट घर फर्किनेहरूको घुइँचो लागेको छ । विभिन्न सिलसिलामा काठमाडौंमा रहेकाहरू मत हाल्न आ-आफ्ना गाउँ फर्किरहेका छन् । यतिबेला काठमाडौंको कोटेश्वर, कलंकी, बालाजु, बल्खु क्षेत्रमा घर फर्किनेहरूको भीड लागेको छ । ५ वर्षपछि आउने चुनावमा भोट हाल्न जान मतदाताहरू उत्साहित देखिएका छन् । गाउँ फर्किनेहरूको संख्या धेरै भएकाले सवारी साधनहरू खचाखच भरिएका छन् । मत हाल्न विभिन्न सामान बोक्ने गाडीमा समेत बसेर घर फर्किरहेका छन् ।
घर फर्किनेहरूका लागि गाडीसमेत थपिएको छ भने कतिपय स्थानीय तहबाट पार्टीहरूले नै गाडी पठाएका छन् । जसका कारण सडकमा ट्राफिक जामसमेत भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…