माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार पक्राउ, जुनमाया बुढाको हत्याको आरोप

रुकुम: रुकुम पूर्वमा महिलाको हत्या आरोपमा वडाध्यक्ष, वडाध्यक्षका उम्मेदवारसहित ३ जना पक्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११, का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्का एक युवा अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको हत्याको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वैशाख २६ गते नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार पहाडीले जानकारी दिए । महिला हत्या आरोपमा किटानी जाहेरीपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पहाडीले बताए ।

रोल्पाको थवाङ गाउँपालिका–१, घर भई माइतमै बस्दै आएकी दुथी १९ गते रातिदेखि हराएकी थिइन् । १९ गते राति हराएकी उनको शव २६ गते बिहान साढे ९ बजेतिर स्थानीय जंगलमा भेटिएको थियो । महिलाको शव भेटिएलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago