रुकुम: रुकुम पूर्वमा महिलाको हत्या आरोपमा वडाध्यक्ष, वडाध्यक्षका उम्मेदवारसहित ३ जना पक्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११, का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्का एक युवा अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको हत्याको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वैशाख २६ गते नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार पहाडीले जानकारी दिए । महिला हत्या आरोपमा किटानी जाहेरीपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पहाडीले बताए ।
रोल्पाको थवाङ गाउँपालिका–१, घर भई माइतमै बस्दै आएकी दुथी १९ गते रातिदेखि हराएकी थिइन् । १९ गते राति हराएकी उनको शव २६ गते बिहान साढे ९ बजेतिर स्थानीय जंगलमा भेटिएको थियो । महिलाको शव भेटिएलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…