मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अरू कुनै व्यक्तिले मोबाइल, क्यामरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर जस्ता सामग्री लग्न नपाइने !
पाल्पा । मदिरा सेवन गरेका व्यक्तिहरूलाई मतदाता भए पनि मतदान केन्द्रमा प्रवेश नदिन निर्वाचन आयोगले निर्देशन दिएको छ। एक विज्ञप्ति जारी गर्दै मतदान केन्द्रमा मदिरा सेवन गरी आएका व्यक्तिलाई प्रवेश नदिन भनेको हो । आयोगका सहसचिव एंव प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी बिज्ञप्तिमा शुक्रबार हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको उल्लेख छ ।
मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा उनका एक निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रज्वलनशील पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने आयोगले जनाएको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…