ओमिक्रोनको भारतमा संक्रमण बढ्दै, नेपालमा छैन सतर्कता

काठमाडौँ: कोभिड–१९ को संक्रमण दुई सातायता केही बढेको पाइएको छ । भारतमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘बीए २.१२’ कारण पछिल्ला दिनमा संक्रमण बढेको छ । त्यसकै कारण नेपालमा पनि संक्रमण वृद्धि भएको आशंकामा स्वास्थ्य सेवा विभागले अनुसन्धान सुरु गरेको छ ।

केही सातायता कोभिडको संक्रमण दर अलिकति बढेको देखिएको छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले भने ।
हाल मुलुकभर कोभिडका सक्रिय संक्रमित १ सय ८५ जना छन् भने मंगलबार संक्रमण दर ०.३५ प्रतिशत देखिएको छ । मंगलबार २ हजार ३ सय ७६ नमुनाको पीसीआर परीक्षण गर्दा १२ जनामा र १ हजार २ सय ५८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । संक्रमण बढे पनि सघन उपचार (आईसीयू र भेन्टिलेटर) मा कोही पनि बिरामी नरहेको विभागले जनाएको छ ।

भारतमा देखिएको नयाँ भेरिएन्ट ‘बीए २.१२’ भने हालसम्म नेपालमा देखिएको छैन । नेपालमा हालसम्म ‘बीए २’ भेरिएन्ट नै देखिए पनि भारतको बिहार, नयाँदिल्लीलगायत ठाउँमा ‘बीए २.१२’ भेरिएन्ट पुष्टि भइसकेकाले चनाखो हुनुपर्ने निर्देशक डा. दासले बताए ।

भारतको सीमावर्ती बिहार राज्यमा समेत ओमिक्रोन परिवारको ‘बीए २’, ‘बीए २.१०’, बीए २.१०.१’ र बढी खतरनाक मानिएको ‘बीए २.१२’, समेत पुष्टि भएको छ । दिल्लीमा यसअघि नै ‘बीए २.१२.१’ पहिचान भइसकेको छ । ‘बीए २.१२’ भेरिएन्ट सबैभन्दा पहिले अमेरिकामा देखिएको थियो । यो भेरिएन्ट तेस्रो लहरको ‘बीए २’ को तुलनामा १० गुणा बढी खतरनाक रहेको बताइएको छ । ‘बीए २.१२’ भेरिएन्ट ‘बीए १’, र ‘बीए २’ र ‘एक्सई’ भन्दा फरक पाइएको छ । डा. दासका अनुसार ‘एक्सई’ ‘रिकम्बिनेसन’ भेरिएन्ट हो भने ‘बीए २.१२’ ‘म्युटेन्ट’ भेरिएन्ट हो । ‘एक्सइ’ र ‘बीए २.१२’ भेरिएन्टका बारेमा पर्याप्त तथ्यांकसमेत उपलब्ध नभएको डा. दासले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार हालसम्म गरिएको परीक्षणमा ९९ प्रतिशतभन्दा बढी नमुनामा ‘बीए २’ भेरिएन्ट र एक प्रतिशतभन्दा कम नमुनामा ‘बीए १’ भेरिएन्ट देखिएको छ । यहाँ ‘बीए २.१२’ पुष्टि नभए पनि स्थानीय निर्वाचनताका भारतबाट उल्लेख्य संख्यामा नेपाली घर फर्कने भएकाले संक्रमणको जोखिम बढ्ने अनुमान गरिएको छ । पछिल्ला दिनमा भारतको उत्तर प्रदेश र दिल्लीमा कोभिडको संक्रमण उकालो लागेको छ ।

नेपालसँग सिमाना जोडिएका बिहार, पश्चिम बंगाल, महाराष्ट्र, उत्तराखण्डलगायत राज्यमा समेत संक्रमण हरेक दिन बढ्दो क्रममा छ । यी राज्यमा रोजगारीका लागि जाने नेपालीको बाक्लो उपस्थिति छ । भारतमा रहेका नेपाली स्थानीय चुनावका लागि स्वदेश फर्कन थालिसकेका छन् । स्थल नाकामा कोरोना परीक्षण र होल्डिङ सेन्टरको व्यवस्था राम्रो नहुनाले संक्रमण गाउँसम्मै पुग्ने जोखिम छ ।

नयाँ भेरिएन्ट नआएसम्म कोभिडको चौथो लहर वा थप खतराको जोखिम कम भए पनि नाकामा निगरानी बढाउनुपर्ने विज्ञहरू बताउँछन् । ‘हरेक लहर नयाँ भेरिएन्टले गर्दा आउँछ भन्ने देखिसक्यौं, हाल ओमिक्रोन र यसको ‘सब–भेरिएन्ट’ नै देखिए पनि ‘बीए २.१२’ वा नयाँ भेरिएन्टबारे निगरानी जारी राख्नुपर्छ,’ ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने ।

केही दिनयता संक्रमणमा वृद्धि भएकाले ईडीसीडीले कारणमाथि अनुसन्धान थालेको छ । ईडीसीडीले संक्रमण वृद्धिमा ‘बीए २.१२’ भेरिएन्टको सम्बन्ध छ वा छैन भन्ने पत्ता लगाउन संकलित नमुनाहरूको जिन सिक्वेन्सिङ गरिरहेको ईडीसीडीले जनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago