ओमिक्रोनको भारतमा संक्रमण बढ्दै, नेपालमा छैन सतर्कता

काठमाडौँ: कोभिड–१९ को संक्रमण दुई सातायता केही बढेको पाइएको छ । भारतमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘बीए २.१२’ कारण पछिल्ला दिनमा संक्रमण बढेको छ । त्यसकै कारण नेपालमा पनि संक्रमण वृद्धि भएको आशंकामा स्वास्थ्य सेवा विभागले अनुसन्धान सुरु गरेको छ ।

केही सातायता कोभिडको संक्रमण दर अलिकति बढेको देखिएको छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले भने ।
हाल मुलुकभर कोभिडका सक्रिय संक्रमित १ सय ८५ जना छन् भने मंगलबार संक्रमण दर ०.३५ प्रतिशत देखिएको छ । मंगलबार २ हजार ३ सय ७६ नमुनाको पीसीआर परीक्षण गर्दा १२ जनामा र १ हजार २ सय ५८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । संक्रमण बढे पनि सघन उपचार (आईसीयू र भेन्टिलेटर) मा कोही पनि बिरामी नरहेको विभागले जनाएको छ ।

भारतमा देखिएको नयाँ भेरिएन्ट ‘बीए २.१२’ भने हालसम्म नेपालमा देखिएको छैन । नेपालमा हालसम्म ‘बीए २’ भेरिएन्ट नै देखिए पनि भारतको बिहार, नयाँदिल्लीलगायत ठाउँमा ‘बीए २.१२’ भेरिएन्ट पुष्टि भइसकेकाले चनाखो हुनुपर्ने निर्देशक डा. दासले बताए ।

भारतको सीमावर्ती बिहार राज्यमा समेत ओमिक्रोन परिवारको ‘बीए २’, ‘बीए २.१०’, बीए २.१०.१’ र बढी खतरनाक मानिएको ‘बीए २.१२’, समेत पुष्टि भएको छ । दिल्लीमा यसअघि नै ‘बीए २.१२.१’ पहिचान भइसकेको छ । ‘बीए २.१२’ भेरिएन्ट सबैभन्दा पहिले अमेरिकामा देखिएको थियो । यो भेरिएन्ट तेस्रो लहरको ‘बीए २’ को तुलनामा १० गुणा बढी खतरनाक रहेको बताइएको छ । ‘बीए २.१२’ भेरिएन्ट ‘बीए १’, र ‘बीए २’ र ‘एक्सई’ भन्दा फरक पाइएको छ । डा. दासका अनुसार ‘एक्सई’ ‘रिकम्बिनेसन’ भेरिएन्ट हो भने ‘बीए २.१२’ ‘म्युटेन्ट’ भेरिएन्ट हो । ‘एक्सइ’ र ‘बीए २.१२’ भेरिएन्टका बारेमा पर्याप्त तथ्यांकसमेत उपलब्ध नभएको डा. दासले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार हालसम्म गरिएको परीक्षणमा ९९ प्रतिशतभन्दा बढी नमुनामा ‘बीए २’ भेरिएन्ट र एक प्रतिशतभन्दा कम नमुनामा ‘बीए १’ भेरिएन्ट देखिएको छ । यहाँ ‘बीए २.१२’ पुष्टि नभए पनि स्थानीय निर्वाचनताका भारतबाट उल्लेख्य संख्यामा नेपाली घर फर्कने भएकाले संक्रमणको जोखिम बढ्ने अनुमान गरिएको छ । पछिल्ला दिनमा भारतको उत्तर प्रदेश र दिल्लीमा कोभिडको संक्रमण उकालो लागेको छ ।

नेपालसँग सिमाना जोडिएका बिहार, पश्चिम बंगाल, महाराष्ट्र, उत्तराखण्डलगायत राज्यमा समेत संक्रमण हरेक दिन बढ्दो क्रममा छ । यी राज्यमा रोजगारीका लागि जाने नेपालीको बाक्लो उपस्थिति छ । भारतमा रहेका नेपाली स्थानीय चुनावका लागि स्वदेश फर्कन थालिसकेका छन् । स्थल नाकामा कोरोना परीक्षण र होल्डिङ सेन्टरको व्यवस्था राम्रो नहुनाले संक्रमण गाउँसम्मै पुग्ने जोखिम छ ।

नयाँ भेरिएन्ट नआएसम्म कोभिडको चौथो लहर वा थप खतराको जोखिम कम भए पनि नाकामा निगरानी बढाउनुपर्ने विज्ञहरू बताउँछन् । ‘हरेक लहर नयाँ भेरिएन्टले गर्दा आउँछ भन्ने देखिसक्यौं, हाल ओमिक्रोन र यसको ‘सब–भेरिएन्ट’ नै देखिए पनि ‘बीए २.१२’ वा नयाँ भेरिएन्टबारे निगरानी जारी राख्नुपर्छ,’ ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने ।

केही दिनयता संक्रमणमा वृद्धि भएकाले ईडीसीडीले कारणमाथि अनुसन्धान थालेको छ । ईडीसीडीले संक्रमण वृद्धिमा ‘बीए २.१२’ भेरिएन्टको सम्बन्ध छ वा छैन भन्ने पत्ता लगाउन संकलित नमुनाहरूको जिन सिक्वेन्सिङ गरिरहेको ईडीसीडीले जनाएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago