काठमाडौँ: स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । मतदाता परिचयपत्र, मतपेटिकालगायत निर्वाचनमा चाहिने ५८ प्रकारका सामग्रीसहित मतदान अधिकृतसहितका कर्मचारी उपत्यकाका तीनवटै जिल्लाका प्रत्येक निर्वाचन केन्द्रमा खटिएका हुन् ।
भक्तपुरमा कुल १ हजार ९८ जना कर्मचारी मतदान केन्द्रमा खटिएका जिल्ला निर्वाचन कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार जिल्लाभर ७७ मतदाता स्थलमा २१९ मतदान केन्द्र तोकिएको छ । प्रत्येक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी, सहयोगी कर्मचारी र ३ स्वयंसेवक गरी ८ जना कर्मचारी खटाइएको छ । ‘पाँच सयभन्दा बढी मतदाता भएको केन्द्रमा मतदान अधिकृतसहित ५ जना कर्मचारी र ३ स्वयंसेवक खटिनुभएको छ,’ उनले भने, ‘भक्तपुरका सबै मतदान केन्द्रमा ५ सयभन्दा बढी नै मतदाता हुनुहुन्छ ।’
मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण गर्ने, मतदाता शिक्षा दिने र मतदान केन्द्र निर्माण गरी निर्वाचनको तयारी गर्नेछन् । जिल्लाका ४ स्थानीय तहमा ९७ हजार ३ सय १४ महिला, ९२ हजार २ सय ६५ पुरुष र अन्य ५ सहित १ लाख ८९ हजार ५ सय ८४ मतदाता छन् । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रहरूमा ५१५ नेपाल प्रहरी, २०३ सशस्त्र प्रहरी, ७७० म्यादी प्रहरी र नेपाली सेना परिचालन भइसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालय ललितपुरकी निर्वाचन अधिकृत गोमा धमला घिमिरेले शुक्रबार हुने स्थानीय तह निर्वाचनको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताइन् । जिल्लाका ६ स्थानीय तहमा १ लाख २४ हजार ९ सय ५० महिला, १ लाख १८ हजार ९ सय ३३ पुरुष र अन्य १ सहित २ लाख ४३ हजार ८ सय ८४ मतदाता छन् । १३१ मतदानस्थलका २८८ केन्द्रमा १ हजार ४ सय ४० कर्मचारी निर्वाचन सामग्रीसहित खटिइसकेका उनले जनाइन् । ‘जिल्लाको ग्रामीण भेगका मतदान केन्द्रमा सोमबार नै निर्वाचन सामग्री पुगेर निर्वाचनको तयारी भइरहेको छ,’ उनले भनिन् ।
काठमाडौं जिल्लामा पनि आसन्न निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौं महानगरपालिकासहितका ११ वटै स्थानीय तहका मतदान केन्द्रमा कर्मचारी खटिइसकेका जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ । जिल्लामा ६ लाख ३७ हजार ७ सय मतदाता छन् । निर्वाचनका लागि ३२० मतदानस्थल छन् । मतदाताको संख्या धेरै भएकाले ‘क’, ‘ख’ र ‘ग’ गरी ७५९ मतदान केन्द्र छुट्याइएको कार्यालय प्रमुख ठाकुर भट्टराईले बताए । ‘मतदानको तयारी अन्तिम अवस्थामा छ,’ उनले भने, ‘कर्मचारीको टोली मतदानस्थल पुगिसकेको छ ।’

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सोमबार भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा तीनवटै जिल्लाका प्रजिअ र सुरक्षा समितिका पदाधिकारीहरूको बैठक बसेको छ । बैठकले शान्तिसुरक्षा, अपराध न्यूनीकरण, स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित रूपमा सम्पन्न गर्नेलगायत निर्णय गरेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago