काठमाडौं: केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले पार्टीमा पदको दावी गर्न थालेकी छिन् । जिम्मेवारी नपाए पार्टीमा किन काम गरिराख्ने ? भन्दै उनले प्रश्न पनि उठाएकी छिन् ।

एउटा अनलाईनलाई अन्तर्वार्ता दिने क्रममा उनले आफु पदका आकांक्षी रहेको वताउँदै पद नपाए कुन अथोरिटिले बोलिराख्ने भन्दै प्रश्न गरिन्। ‘म पदका लागि आकांक्षी छु । जिम्मेवारी छैन भने तपाईं मोटिभेटेड नै हुन सक्नुहुन्न । जिम्मेवारी छैन भने तपाईंमाथि कुनै प्रेसर नै हुँदैन’ उनले भनेकी छिन्–‘नत्र किन काम गरिराख्ने ? म कुन अथोरिटीले बोलिराख्ने ? त्यसो हुनाले मेरा अगुवाहरू, जसले पार्टीलाई संरक्षण गर्नुभएको छ, उहाँहरूले वुझ्नु पर्छ।’

कुनै पनि मान्छेमा एउटा–एउटा खुबी हुन्छ र हरेक मानिसमा फरक क्षमता हुने भन्दै उनले पार्टीको नेतृत्वले आफनो क्वालिटी हेरेर जिम्मेवारी दिनुपर्ने वताई। ‘म चलचित्र क्षेत्रको मानिस हुँ । त्यो विषयमा म केही न केही बोल्छु होला । केही न केही गर्छु होला । अर्को, महिला, बालबालिका र शिक्षा मेरो धेरै लगाव भएको क्षेत्र हो । एग्रिकल्चर पनि हो अर्को । किनभने रुरल डेभलपमेन्टको कुरा गर्छौँ हामी । विकासको कुरा गर्छौँ ’ उनले भनेकी छिन्–‘उत्थान गर्नुपर्ने यी दुई–चारवटा कुरा हुन् भन्ने मलाई लाग्छ । शिक्षा, महिला बालबालिकाको क्षेत्रमा मलाई चासो छ विशेष गरी ।’

ललितपुरमा वसोवास गर्दै आएकी मानन्धरले पार्टीले मेयर वा उपमेयरमा उठ्न आग्रह गरेको खण्डमा पछि नहट्ने बताइन् । उनले भनिन् ‘यहाँ पुराना नेताहरू धेरै हुनुहुन्छ, म आएर ठक्क यो फलानो ठाउँमा चुनावमा उठ्ने भन्ने हुन्छ जस्तो लाग्दैन । तर, पार्टीले ल तिमीले गर्नुपर्छ है भन्यो भने चाहिँ म पछाडि सर्दिनँ । म तयार भएरै आएको हो ।’

उनले आफनो नामका विषयमा अनावश्यक चासो वढेकोमा पनि असन्तुष्टि जनाईन। नाम र पदका बारेमा जवाफ दिँदैमा ऊर्जा खर्च भइरहेको बताएकी मानन्धरले त्यसैका लागि पनि आफुले पार्टीमा ठोस जिम्मेवारी पाउनैपर्ने बताईन।

करिश्माले पार्टी प्रवेशपछि आफ्नो न्वारानको नाम सूर्यकुमारी भएको बताउँदै सूर्यचिन्हवाला पार्टी रोजेको बताएकी थिइन् । यही नामका विषयमा अहिले हरेक क्षेत्रमा सवाल उठ्ने गरेको र धेरै जवाफ दिइरहनुपरेको उनको गुनासो छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago