सरकारले बाँडेको टुक्रे योजनाको विरुद्धमा अख्तियारमा उजुरी

मकवानपुर: निर्वाचन लक्षित साना योजनाहरु वितरण गरेपछि विवादमा परेको बागमती प्रदेश सरकार विरुद्ध अख्तियारमा उजुरी परेको छ । प्रदेश सरकारले कानुनविपरीत पाँच लाख रुपैयाँको टुक्रे योजनाका लागि रकमान्तर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा उजुरी परेको हो। आसन्न स्थानीय तहको निर्वाचनलाई समेत असर पर्ने गरी बागमती प्रदेश सरकारले कानुनविपरीत टुक्रे योजनामा रकमान्तर गरेको थियो ।

स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत पाँच लाख रुपैयाँका टुक्रे योजना वितरण गरिएको उजुरीमा उल्लेख छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित कार्यक्रमभन्दा बाहेक साना योजनाहरु वितरण गरेको थियो । यस्ता योजनाहरु २ हजार २ सय ९९ योजनामा थिए । यी सबै योजनाहरुको लागि बजेट रकमान्तर गरेर अन्यत्रबाटै ल्याइएको थियो ।

उक्त सबै रकम गत ६ फागुन २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले बजेट रकमान्तर गरेको हो। संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने सरकारको निर्णय संविधान र कानुनविपरीत भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग जनाएको छ।

प्राविधिक अध्ययन, लागत अनुमान र सम्भाव्यता नै अध्ययन नगरी स्थानीय तहले गर्दै आएको काममा दोहोरो हुने गरी प्रदेश सरकारले बजेट वितरण गरेको निवेदनमा उल्लेख भएको आयोगका सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले जानकारी दिए ।

निवेदनउपर अख्तियारले छानबिन गर्ने सूचना अधिकारी सापकोटाले बताए । प्रदेश सरकार कार्यकर्तालाई फकाउने गरी साना योजनामा बजेट रकमान्तर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको विरोध गर्दै आएको छ।

यता आवश्यकता भन्दा बढी सङख्यामा मन्त्रालयहरु फुटाइएपछि विवादमा आएका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालयका कर्मचारीहरुलाई अघिल्लो सरकारले विनियोजन गरेको बजेट र तय गरेका कार्यक्रमहरु अघि नबढाउन उर्दी जारी गर्दै आएको कर्मचारीहरुले गुनासो गरेका छन् । मन्त्रालयका सचिवहरुले समेत मन्त्रालय फुटाएपछि कार्यप्रगती उल्लेख्य नभएको स्वीकार सार्वजनिक कार्यक्रमहरुमै गर्दै आएका छन् ।

Kamal Panthi

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago