सिरहा: सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको मिर्चैया नगरपालिका-७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेल लाखौं मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् । तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स१त ३६०७ ट्याक्टरसहित उनी आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल मिर्चैया वेसक्याम्पले नियन्त्रणमा लिएको हो । काठ अहिलेसम्म नाप जोख नभएकाले कति हो भन्ने एकिन नभएको वन कर्यालयले जनाएको छ ।
पक्राउ परेका पोखरेललाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय लहानलाई बुझाइएको प्रहरीले जनाएको छ । डिभिजन वन कर्यालयले पोखरेललाई जिम्मामा लिएको र काठ सुरक्षाका कारण ल्याउन नसकिएकाले अहिले ल्याउने कार्य भइरहेको डिभिन वन कर्यालय प्रमुख गंगाप्रसाद यादवले जनाउनु भयो ।
पक्राउ परेका पोखरेललाई म्याद थपको लागि जिल्ला अदालत सिरहा लगिएको बताइएको छ । उनी नेकपा एमालेका स्थानीय नेतासमेत रहेको पाइएको छ । उनलाई छुटाउन पार्टीका जिल्लाका ठूला नेताहरू लागेको श्रोतको भनाइ छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…