अर्थतन्त्र संकटतर्फ जानुको मूल दोषी अर्थमन्त्री

काठमाडौं: अर्थतन्त्र बिगार्न भूमिका खेलेकोदेखि सरकारलाई असहयोग गरेकोसम्मका आरोप लगाएर सरकारले गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्‍यो । तर, अर्थतन्त्रको अवस्था बिग्रँदै जानुमा आफ्नो भूमिका कति हो र गभर्नरको निलम्बनपछिको अर्थतन्त्र सुधारको मार्ग के हुन्छ भन्नेमा अझै सरकार स्पष्ट छैन । उसलाई यसबारे सोच्न खासै चासो र रुची पनि छैन ।

अर्थविदहरुको भनाइ मान्ने हो भने अर्थतन्त्र संकटतर्फ जानुको मूल दोषी अर्थमन्त्री जनार्दन शर्मा आफैं हुन् । गभर्नर अधिकारी यो संकटका एक हिस्सेदार त हुन्, तर, प्रधानमन्त्रीसहित अर्थमन्त्रालयको नेतृत्वकर्ता शर्मा मूल जिम्मेवार भएर पनि ‘पानीमाथिको ओभानो’ बन्ने कोशिसमा छन् ।

विश्वभर नै केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा स्थायित्व कायम गर्ने र देशको मुद्राको क्रयशक्ति बढाउनेतर्फ ध्यान दिएका हुन्छन् । मूल्यवृद्धि, ब्याजदर, विदेशी विनियम दर, भुक्तानी सन्तुलनलाई सीमाभित्र राख्ने जिम्मेवारी बोकेको राष्ट्र बैंकलाई अर्थतन्त्र बिग्रनुको दोष थुपारेर सरकार पन्छिन नमिल्ने अर्थविद केशव आचार्य बताउँछन् ।

‘म सरकारको तर्कसँग सहमत छैन, लगानी नआउनु र रोजगारी सिर्जना नहुनुको दोष पनि राष्ट्र बैंकको मात्रै हो भन्ने खालको तर्कमा कसरी सहमत हुने ?’, उनले भने, ‘गभर्नरको कार्यक्षमताको मूल्यांकन सरकारले के को आधारमा गर्छ भन्ने थाहा भएन, तर अर्थतन्त्रमा संकट देखापर्नुमा राष्ट्र बैंकभन्दा बढी सरकार जिम्मेवार छ ।’

मौद्रिक स्थायित्व र आर्थिक विकासको बीचमा द्वन्द्व हुनु स्वभाविक भएपनि सरकार, राष्ट्र बैंक, निजी क्षेत्र सबै मिलेर संकटलाई पार लगाउनुपर्ने बेला सरकार भने गभर्नरमाथि दोष पन्छाएर पानीमाथिको ओभानो बन्न खोजेको उनको टिप्पणी छ । गभर्नरमाथि प्रश्न गर्दा सरकारतर्फ पनि औंला स्वतः तेर्सिने अर्थविद् आचार्यले बताए ।

विज्ञहरूको भनाइमा अर्थतन्त्र बिग्रनुमा गभर्नर जति दोषी छन्, त्योभन्दा बढी दोष वर्तमान अथर्मन्त्री र प्रधानमन्त्रीसहित पूर्ववर्ती सरकारको पनि छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago