काठमाडौँ: ‘मेरो कोख जहाँ अनगिन्ती परिवर्तनको आसमा समाहित भएका मेरा सन्तानहरू आज प्रश्न गर्दै छन् । एउटा विडम्बनाको कथा, मेरो कथा, तपाईंहरूको कथा ।’ पृष्ठभूमिमा बजेको मलिन र भावुक धुनसँगै मञ्चमा देखिन्छ दयाको परिवार । १० वर्षे सशस्त्र संघर्षको समयमा युद्धको मारमा परेकामध्ये प्रतिनिधित्व गर्ने एक हुन् दयाको परिवार । जसले सशस्त्र संघर्षलाई नजिकबाट नियाल्यो, मारलाई खेप्यो र आफैंलाई युद्धको महायज्ञमा समाहित गर्‍यो । एउटा सामान्य परिवार, जसले बेहोरेको पीडा, भोगाइ कस्ता थिए भन्ने बताउन नाटक ‘खत’ प्रस्तुत भएको छ ।
मुलुकमा १० वर्षसम्म सशस्त्र संघर्ष चल्यो । धेरैको ज्यान गयो । धेरै जना घाइते, अंगभंग र बेपत्ता भए । परिवर्तनका लागि लडेकाहरूको मूल्यांकन के भयो भन्नेमा स्रष्टाहरूले प्रश्न उठाउने गरेका छन् । ‘खत’ ले पनि त्यसलाई देखाएको छ ।
सिनामंगलस्थित पुरानो घर थिएटरमा शुक्रबारदेखि मञ्चन सुरु भएको नाटकमा तत्कालीन द्वन्द्वको दुरुस्तै झल्को दिने जमर्को देखिन्छ । रंगकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार नाटकमा परिवर्तनको आशामा लडेका मानिसहरूको कथा, व्यथा र सपनाहरू समेटिएका छन् ।

नाटकमा राज्य तथा विद्रोही पक्षका फौज छन् । एकअर्कामाथि जित खोज्छन् । दुवैतर्फ आआफ्नै प्रकारका दायित्व, बाध्यता र रुचि छन् । भर्खरै विवाह भएका, बाबुको मृत्युमा घर जान नपाएका पात्रका समस्या एकातिर छन् । अर्कोतिर दलनमा पिल्सिएकाहरूले मुक्तिका लागि उठाएको आवाज छ ।

अन्तरजातीय विवाह गरेकै कारण दया र उनकी श्रीमती परिवार, समाजभन्दा टाढा छन् । सत्ता परिवर्तनपछि उनी जस्ता जनताले न्यायपूर्ण बाँच्न पाउलान् भन्ने आशा राखेर दया दम्पतीले विद्रोहीका लडाकुलाई आश्रय र खानाको बन्दोबस्त गर्छन् । गर्भवती श्रीमतीको चिन्तासँगै दयाले दुवैतर्फका फौजको त्रासलाई झेलेका हुन्छन् । त्रासका कारण नवजात शिशुलाई बोकेर घरै छोडेर एक्ला–एक्लै हिँड्नुपर्ने बाध्यता बोकेका यी दम्पतीको अवस्थाले नाटकका दर्शकलाई भावुक बनाउँछ । युद्धको चपेटामा परेका दम्पतीले के पाउँछन् र के गुमाउँछन् भन्ने नाटकमा निकै गहन छ ।

कमरेड अडिग, विस्फोट, दीप, शिखा, प्रभालगायतका पात्रले सशस्त्र द्वन्द्वका लडाकुका हुलियाको ठ्याक्कै झल्को दिन्छ । रंगकर्मी भारती भन्छन्, ‘नाटकले अधुरो सपना बोकेको मानिस र समयलाई प्रतिबिम्बित गरेको छ ।’

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago