काठमाडौँ: ‘मेरो कोख जहाँ अनगिन्ती परिवर्तनको आसमा समाहित भएका मेरा सन्तानहरू आज प्रश्न गर्दै छन् । एउटा विडम्बनाको कथा, मेरो कथा, तपाईंहरूको कथा ।’ पृष्ठभूमिमा बजेको मलिन र भावुक धुनसँगै मञ्चमा देखिन्छ दयाको परिवार । १० वर्षे सशस्त्र संघर्षको समयमा युद्धको मारमा परेकामध्ये प्रतिनिधित्व गर्ने एक हुन् दयाको परिवार । जसले सशस्त्र संघर्षलाई नजिकबाट नियाल्यो, मारलाई खेप्यो र आफैंलाई युद्धको महायज्ञमा समाहित गर्‍यो । एउटा सामान्य परिवार, जसले बेहोरेको पीडा, भोगाइ कस्ता थिए भन्ने बताउन नाटक ‘खत’ प्रस्तुत भएको छ ।
मुलुकमा १० वर्षसम्म सशस्त्र संघर्ष चल्यो । धेरैको ज्यान गयो । धेरै जना घाइते, अंगभंग र बेपत्ता भए । परिवर्तनका लागि लडेकाहरूको मूल्यांकन के भयो भन्नेमा स्रष्टाहरूले प्रश्न उठाउने गरेका छन् । ‘खत’ ले पनि त्यसलाई देखाएको छ ।
सिनामंगलस्थित पुरानो घर थिएटरमा शुक्रबारदेखि मञ्चन सुरु भएको नाटकमा तत्कालीन द्वन्द्वको दुरुस्तै झल्को दिने जमर्को देखिन्छ । रंगकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार नाटकमा परिवर्तनको आशामा लडेका मानिसहरूको कथा, व्यथा र सपनाहरू समेटिएका छन् ।

नाटकमा राज्य तथा विद्रोही पक्षका फौज छन् । एकअर्कामाथि जित खोज्छन् । दुवैतर्फ आआफ्नै प्रकारका दायित्व, बाध्यता र रुचि छन् । भर्खरै विवाह भएका, बाबुको मृत्युमा घर जान नपाएका पात्रका समस्या एकातिर छन् । अर्कोतिर दलनमा पिल्सिएकाहरूले मुक्तिका लागि उठाएको आवाज छ ।

अन्तरजातीय विवाह गरेकै कारण दया र उनकी श्रीमती परिवार, समाजभन्दा टाढा छन् । सत्ता परिवर्तनपछि उनी जस्ता जनताले न्यायपूर्ण बाँच्न पाउलान् भन्ने आशा राखेर दया दम्पतीले विद्रोहीका लडाकुलाई आश्रय र खानाको बन्दोबस्त गर्छन् । गर्भवती श्रीमतीको चिन्तासँगै दयाले दुवैतर्फका फौजको त्रासलाई झेलेका हुन्छन् । त्रासका कारण नवजात शिशुलाई बोकेर घरै छोडेर एक्ला–एक्लै हिँड्नुपर्ने बाध्यता बोकेका यी दम्पतीको अवस्थाले नाटकका दर्शकलाई भावुक बनाउँछ । युद्धको चपेटामा परेका दम्पतीले के पाउँछन् र के गुमाउँछन् भन्ने नाटकमा निकै गहन छ ।

कमरेड अडिग, विस्फोट, दीप, शिखा, प्रभालगायतका पात्रले सशस्त्र द्वन्द्वका लडाकुका हुलियाको ठ्याक्कै झल्को दिन्छ । रंगकर्मी भारती भन्छन्, ‘नाटकले अधुरो सपना बोकेको मानिस र समयलाई प्रतिबिम्बित गरेको छ ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago