कारको ठक्करबाट तीन पैदलयात्रुको मृत्यु

२०७८, २८ चैत्र सोमबार ०९:४९

नेपालगन्ज: मध्यरातमा बाँकेको नेपालगन्जमा कारको ठक्करबाट तीन जना पैदल यात्रुको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले नेपालगन्जको बिपीचोक नजिक ठक्कर दिँदा हिँडिरहेका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोम पुर्‍याएका थिए । १५ मिनेटपछि नै अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको थियो । बाँके प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले जानकारी दिए ।

Comments

ताजा खबर