भगवान् श्रीरामको अपमान सहँदैनौं, जेएनयूमा झडप केही घाइते

काठमाडौँ: भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा वामपन्थी छात्र संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आईसा) र हिन्दूवादी छात्र संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)बीच झडप भएको छ ।

एबीभीपीका छात्रहरूले रामनवमीको दिन विश्वविद्यालयको छात्रवासमा मांसाहार गर्न रोक्न खोज्दा झडप भएको समाचार संस्था द हिन्दूले जनाएको छ । झडपमा आफ्नो संगठनका केही कार्यकर्ता घाइते भएको आईसाले दाबी गरेको छ ।
एबीभीपीसम्बद्ध विद्यार्थीहरूले होस्टलमा रामनवमी पूजा गरिरहेको समयमा मांसाहारका लागि मासु ल्याएपछि त्यसलाई रोक्न खोज्दा झडप भएको दी इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । अहिले दुवै पक्षका विद्यार्थीहरू शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेको र आइतबार बेलुकाको झडपको विषयमा कानुनी अनुसन्धान अघि बढाइसकिएको डीसीपी मनोज सीलाई उद्धृत गर्दै दी इन्डियन एक्सप्रेसले बताएको छ ।

एबीभीपी पक्षधर विद्यार्थीहरूले आफ्नो पक्षका विद्यार्थी पनि घाइते भएको जनाउँदै केही समयअघिदेखि आईसा पक्षधर विद्यार्थीहरूले झडप गराउने योजना बनाइरहेको आरोप लगाए । झडपपछि एबीभीपी सम्बद्ध विद्यार्थीहरूले ‘भगवान् श्रीरामको अपमान सहँदैनौं’ भन्दै विरोध गरेको बीबीसी हिन्दीले जनाएको छ ।

स्टुडेन्ट्स फेडेरेसन अफ इन्डिया (एसएफआई) सम्बद्ध एक विद्यार्थीका अनुसार विद्यार्थीहरू खाना खाइरहेको समयमा एबीभीपीनिकट अभियान्ता लाठी‚ इँटासहित होस्टेलको मेसमा पसेपछि झडप सुरु भएको थियो ।

झडपमा परी गम्भीर चोट लागेका कारण सोसियोलोजीमा स्नातकोत्तर गरिरहेकी अख्तरिस्त अन्सारीलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईआईएमएस)को ट्रमा सेन्टरमा भर्ना गरिएको छ । झडप आइतबार राति साढे ७ बजेबाट सुरु भएको जनाइएको छ ।

यसअघि सन् २०२० जनवरी ५ मा रड‚ लाठीसहित जेएनयूमा छिरेको मास्कधारी करिब १ सय जनाको समूहले विद्यार्थी‚ शिक्षक र कर्मचारीलाई कुटपिट गरेको थियो । त्यसविरुद्ध एफआईआर दर्ता भए पनि अहिलेसम्म कसैलाई कारबाही गरिएको भने छैन ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago