भगवान् श्रीरामको अपमान सहँदैनौं, जेएनयूमा झडप केही घाइते

काठमाडौँ: भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा वामपन्थी छात्र संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आईसा) र हिन्दूवादी छात्र संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)बीच झडप भएको छ ।

एबीभीपीका छात्रहरूले रामनवमीको दिन विश्वविद्यालयको छात्रवासमा मांसाहार गर्न रोक्न खोज्दा झडप भएको समाचार संस्था द हिन्दूले जनाएको छ । झडपमा आफ्नो संगठनका केही कार्यकर्ता घाइते भएको आईसाले दाबी गरेको छ ।
एबीभीपीसम्बद्ध विद्यार्थीहरूले होस्टलमा रामनवमी पूजा गरिरहेको समयमा मांसाहारका लागि मासु ल्याएपछि त्यसलाई रोक्न खोज्दा झडप भएको दी इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । अहिले दुवै पक्षका विद्यार्थीहरू शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेको र आइतबार बेलुकाको झडपको विषयमा कानुनी अनुसन्धान अघि बढाइसकिएको डीसीपी मनोज सीलाई उद्धृत गर्दै दी इन्डियन एक्सप्रेसले बताएको छ ।

एबीभीपी पक्षधर विद्यार्थीहरूले आफ्नो पक्षका विद्यार्थी पनि घाइते भएको जनाउँदै केही समयअघिदेखि आईसा पक्षधर विद्यार्थीहरूले झडप गराउने योजना बनाइरहेको आरोप लगाए । झडपपछि एबीभीपी सम्बद्ध विद्यार्थीहरूले ‘भगवान् श्रीरामको अपमान सहँदैनौं’ भन्दै विरोध गरेको बीबीसी हिन्दीले जनाएको छ ।

स्टुडेन्ट्स फेडेरेसन अफ इन्डिया (एसएफआई) सम्बद्ध एक विद्यार्थीका अनुसार विद्यार्थीहरू खाना खाइरहेको समयमा एबीभीपीनिकट अभियान्ता लाठी‚ इँटासहित होस्टेलको मेसमा पसेपछि झडप सुरु भएको थियो ।

झडपमा परी गम्भीर चोट लागेका कारण सोसियोलोजीमा स्नातकोत्तर गरिरहेकी अख्तरिस्त अन्सारीलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईआईएमएस)को ट्रमा सेन्टरमा भर्ना गरिएको छ । झडप आइतबार राति साढे ७ बजेबाट सुरु भएको जनाइएको छ ।

यसअघि सन् २०२० जनवरी ५ मा रड‚ लाठीसहित जेएनयूमा छिरेको मास्कधारी करिब १ सय जनाको समूहले विद्यार्थी‚ शिक्षक र कर्मचारीलाई कुटपिट गरेको थियो । त्यसविरुद्ध एफआईआर दर्ता भए पनि अहिलेसम्म कसैलाई कारबाही गरिएको भने छैन ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago