खप्तड गोल्डकपमा मछिन्द्रलाई हराउने मृगेन्द्रको सपना अधुरै

धनगढी। खप्तड गोल्डकपको सेमिफाइनलमा फेन्ड्स क्लब कुपन्डोलले बागमती युवा क्लबलाई २-१ ले हराएर फाइनल पुग्दा फ्रेन्डस् क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले खुसी व्यक्त गरे।

फाइल फोटो

‘हामी फाइनल पुग्ने भनेर नै आएको हो। तर बागमतीले जसरी एनआरटी र मछिन्द्रलाई हराएको थियो। त्यो हिसाबले त हामीलाई पनि चुनौती थियो। युवा खेलाडीहरू थिए र उनीहरुको गेम स्पिड पनि थियो। त्यो हिसाबले हामीले तयारी गरेका थियौँ,’ प्रशिक्षक मिश्रले भने।

बागमती क्लबले पहिलो र दोस्रो खेलमा टाई ब्रेकरमा जित निकालेको थियो। उसले टाइब्रेकरमा दुवै टिमलाई हराएको थियो। ‘हामी आजको खेलमा पनि टाइब्रेकरमा पुगेर जित निकाल्ने पक्षमा थियौँ। तर गोल फर्काउन सकिएन,’ बागमतीका प्रशिक्षक रोजित केसीले भने।

तर खेलमा बागमतीले निकै राम्रा गोलका अवसर सिर्जना गरेको थियो। ‘गोलका राम्रा अवसर सिर्जना भएका थिए। तर हाम्रो अनुभव धेरै थियो नि,’ मिश्रले भने, ‘आज दबाब पनि थियो। नयाँ क्लब हो नि त, जोस हुन्छ। तर हामीले  प्रतिष्ठाका लागि पनि खेल्नुपर्छ र जसरी भए पनि जित निकाल्नुपर्छ भन्ने थियो।’

आजको खेलमा जमलले गोल गरेपछि उनले प्रतियोगितामा तीन गोल गरेका छन् यसअघि जमलले क्यामरुनी क्लबविरुद्ध दुई गोल गरेका थिए। त्यो खेलमा फ्रेन्ड्सले २–० को जित निकालेको थियो।

‘अहिले फाइनल पुगेका छौं। हामी फाइनलमा पुगेर खुसी छौँ। हामीले उपाधि जित्ने सोचेका छौं,’ प्रशिक्षक मिश्रले भने, ‘पहिला फिक्चर आउँदा क्यामरुन ११ भनेको थियो। पछि परिवर्तन भएर अर्को टिम आयो। नेपालमा भएका खेलाडी मिक्स गरेर खेलाए। हामीले जित्यौँ,’ उनले भने।

मिश्रले विदेशी टिमलाई जितेर अघि बढ्ने र मछिन्द्रलाई हराउन सोचले गोल्डकपमा आएको बताएका छन्। फ्रेन्ड्ले ए डिभिजन लिगमा पनि मछिन्द्रसँग १-० गोलको हार बेहोरेको थियो। निकै प्रतिस्पर्धात्मक उक्त खेलमा फ्रेन्ड्सले आत्मघाती  गोल गरेको थियो।

उनले त्यहाँ गरेको गल्ती सच्याउँदै जित्ने लक्ष्यमा रहेको तर मछिन्द्रसँग खेल्नु नपरेको बताए।

‘अब ए डिभिजनमा त्यो आत्मघाती गोलले हारेको। त्यसको बदला पनि लिन पाइन्छ कि भनेको, मछिन्द्र सेमिफाइनलमा आइ नै पुगेन। बागमती आइपुग्यो। अनि उसलाई हरायौँ,’ प्रशिक्षक मिश्रले भने।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago