प्रेस विज्ञप्ति

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) को सातौं ऐतिहासिक राष्ट्रिय महाधिवेशन यही फागुन महिनाको २२ र २३ गते दुई दिनसम्म बाँके जिल्लाको नेपालगञ्ज स्थित सोल्टी होटलमा सम्पन्न भयो । महाधिवेशनको उद्घाटन माननिय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले निजी लगानीका विद्यालयहरुले शिक्षा क्षेत्रमा पुऱ्याएको योगदानको चर्चा गर्नुहुँदै बर्तमान सम्बिधानले निजी लगानीको विद्यालयहरुको अस्तित्वलाई स्वीकार गरेको हुँदा निश्चिन्त भएर शिक्षा क्षेत्रमा लगानी बढाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थापक प्रिन्सिपलहरुलाई आव्हान गर्नु भयो ।

उद्घाटन कार्यक्रममा नेसनल प्याव्सनका संस्थापक श्री बसन्त बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष श्रीमती गीता राणा, श्री कर्ण बहादुर शाही लगायतले सम्बोधन गर्नु भएको थियो ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) मा आबद्ध निजी विद्यालयका करिब दुई हजार संस्थापक प्रिन्सिपलज्यूहरुको सहभागिता रहेको उक्त कार्यक्रमको बन्द सत्रको तालिकानुसार तोकिएको केन्द्रिय समिति तथा प्रदेश समितिको निर्वाचन सहमतिका आधारमा निर्बिरोध सम्पन्न भएको थियो ।

नेसनल प्याव्सनको केन्द्रिय समितिको तिन वर्षिय कार्यकाल मध्ये अघिल्लो डेड वर्षका लागि अध्यक्ष श्री पाण्डव हमार ठकुरी र सोही कार्यकालका लागि सहअध्यक्ष श्री सुवास न्यौपाने रहने र पछिल्लो डेड वर्ष अध्यक्ष पदको जिम्मेवारी श्री सुवास न्यौपानेले बहन गर्ने र सहअध्यक्ष श्री पाण्डव हमाल ठकुरीले गर्ने सहमति बन्द सत्रमा भएको छलफलले निर्णय गर्यो ।

नेसनल प्याव्सनको त्रिपन्न सदस्सिय केन्द्रिय समितिमा एक महिला सहित एघार जना उपाध्यक्षको चयन बन्द सत्रले गर्यो ।

त्यस्तै महासचिव पदमा श्री पारसमणि दाहाल निर्बिरोध निर्वाचित हुनुभयो भने कोषाध्यक्ष पदमा श्री प्रताप वहादुर थापा चयन हुनुभयो ।

Kamal Panthi

Recent Posts

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago

प्रधानसेनापति सिग्देलको आह्वान : शान्ति, सुरक्षा र राष्ट्रिय एकताको साझा दायित्व

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा…

56 years ago

प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै

२४ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।…

56 years ago

सिंहदरबारको मुख्य भवनमा आगजनी

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य भवनमा आगजनी गरेका छन्। भवनका कोठा-कोठामा आगो फैलिएको…

56 years ago