प्रेस विज्ञप्ति

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) को सातौं ऐतिहासिक राष्ट्रिय महाधिवेशन यही फागुन महिनाको २२ र २३ गते दुई दिनसम्म बाँके जिल्लाको नेपालगञ्ज स्थित सोल्टी होटलमा सम्पन्न भयो । महाधिवेशनको उद्घाटन माननिय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले निजी लगानीका विद्यालयहरुले शिक्षा क्षेत्रमा पुऱ्याएको योगदानको चर्चा गर्नुहुँदै बर्तमान सम्बिधानले निजी लगानीको विद्यालयहरुको अस्तित्वलाई स्वीकार गरेको हुँदा निश्चिन्त भएर शिक्षा क्षेत्रमा लगानी बढाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थापक प्रिन्सिपलहरुलाई आव्हान गर्नु भयो ।

उद्घाटन कार्यक्रममा नेसनल प्याव्सनका संस्थापक श्री बसन्त बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष श्रीमती गीता राणा, श्री कर्ण बहादुर शाही लगायतले सम्बोधन गर्नु भएको थियो ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) मा आबद्ध निजी विद्यालयका करिब दुई हजार संस्थापक प्रिन्सिपलज्यूहरुको सहभागिता रहेको उक्त कार्यक्रमको बन्द सत्रको तालिकानुसार तोकिएको केन्द्रिय समिति तथा प्रदेश समितिको निर्वाचन सहमतिका आधारमा निर्बिरोध सम्पन्न भएको थियो ।

नेसनल प्याव्सनको केन्द्रिय समितिको तिन वर्षिय कार्यकाल मध्ये अघिल्लो डेड वर्षका लागि अध्यक्ष श्री पाण्डव हमार ठकुरी र सोही कार्यकालका लागि सहअध्यक्ष श्री सुवास न्यौपाने रहने र पछिल्लो डेड वर्ष अध्यक्ष पदको जिम्मेवारी श्री सुवास न्यौपानेले बहन गर्ने र सहअध्यक्ष श्री पाण्डव हमाल ठकुरीले गर्ने सहमति बन्द सत्रमा भएको छलफलले निर्णय गर्यो ।

नेसनल प्याव्सनको त्रिपन्न सदस्सिय केन्द्रिय समितिमा एक महिला सहित एघार जना उपाध्यक्षको चयन बन्द सत्रले गर्यो ।

त्यस्तै महासचिव पदमा श्री पारसमणि दाहाल निर्बिरोध निर्वाचित हुनुभयो भने कोषाध्यक्ष पदमा श्री प्रताप वहादुर थापा चयन हुनुभयो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago