तेस्रो दिन इमर्जिङ नेपालको आइपीओमा ४०.५८ गुणा बढीको आवेदन

काठमाडौं: इमर्जिङ नेपालले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा १८ लाख २ हजार १ सय ८२ जना आवेदकले २ करोड ९ लाख ६९ हजार १ सय ९० कित्ताको लागि आवेदन दिएका हुन् । यो माग गरिएभन्दा ४०.५८ गुणा बढीको आवेदन परेको हो । सिडिएसका अनुसार आज सवा ५ बजेसम्ममा उक्त आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारण समुहको ५ लाख ५५ हजार ६०० कित्ता शेयर फागुन एक गतेसम्म बिक्री खुला गर्ने भएको हो । सर्वसाधारण समुहको ५ लाख ५५ हजार कित्ता मध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात २७ हजार २८० कित्ता शेयर सुरक्षित गरिएको छ । र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता आम सर्वसाधारणका लागि बिक्री गरेको हो ।

सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणले मेरो शेयरको अनलाइन एप्लिकेसनका साथै आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

पुर्वाधार विकास सम्बन्धी कम्पनीमा लगानी गर्ने उद्देयले स्थापित यस कम्पनीले २०७२ सालदेखि लगानी गर्दै आइरहेको छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४० हजार रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समुहको ९० प्रतिशत र सर्वसाधारण समुहको १० प्रतिशत हिस्सा रहने छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago