तेस्रो दिन इमर्जिङ नेपालको आइपीओमा ४०.५८ गुणा बढीको आवेदन

काठमाडौं: इमर्जिङ नेपालले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा १८ लाख २ हजार १ सय ८२ जना आवेदकले २ करोड ९ लाख ६९ हजार १ सय ९० कित्ताको लागि आवेदन दिएका हुन् । यो माग गरिएभन्दा ४०.५८ गुणा बढीको आवेदन परेको हो । सिडिएसका अनुसार आज सवा ५ बजेसम्ममा उक्त आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारण समुहको ५ लाख ५५ हजार ६०० कित्ता शेयर फागुन एक गतेसम्म बिक्री खुला गर्ने भएको हो । सर्वसाधारण समुहको ५ लाख ५५ हजार कित्ता मध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात २७ हजार २८० कित्ता शेयर सुरक्षित गरिएको छ । र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता आम सर्वसाधारणका लागि बिक्री गरेको हो ।

सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणले मेरो शेयरको अनलाइन एप्लिकेसनका साथै आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

पुर्वाधार विकास सम्बन्धी कम्पनीमा लगानी गर्ने उद्देयले स्थापित यस कम्पनीले २०७२ सालदेखि लगानी गर्दै आइरहेको छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४० हजार रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समुहको ९० प्रतिशत र सर्वसाधारण समुहको १० प्रतिशत हिस्सा रहने छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago