प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमा शुल्क र नाफा दुबै घट्यो, जगेडा कोषमा ३० करोड २० लाख संचिती

काठमाडौं: प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले खुद नाफा, खुद बीमा शुल्क आर्जन तथा बीमा कोषको आकार घटेको छ ।

१ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३० करोड २० लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २३ करोड ९८ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा ७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा ३ दशमलव ७६ प्रतिशतले गिरावट आएको हो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा ५७ करोड २३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ५७ करोड ३७ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार घटेको हो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । समिक्षा अवधिमा २६ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३२ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १९ दशमलव ८९ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा कम्पनीले १३ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३१ दशमलव ७३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ५८.३३ गुणा रहेको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago