माओवादीको १० वर्षे जनयुद्धको क्रममा सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही तीन लाख दिने तयारी

जनकपुरधाम – मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा माओवादीको १० वर्षे जनयुद्धको क्रममा सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई जनही तीन लाख दिने तयारी गरेको छ । मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्धका सहिद तथा ज्यान गुमाएकाका परिवारजनलाई राहत दिन लागेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेका मधेशी सहिद प्रतिष्ठानले अगामी फागुन १ गते माओवादी जनयुद्धका क्रममा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई पहिलो चरणमा जनही एक लाख र दोस्रो चरणमा दुई लाख गरी जम्मा तीन लाख दिने निर्णय गरिएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तथा मधेश सहिद प्रतिष्ठानका अध्यक्ष भरत साहले तत्काल पहिलो चरणमा जनही एक लाख दिने निर्णय भएको बताए । त्यसका लागि मन्त्रालयले प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र लेखि जनयुद्धका क्रममा सहिद भएका तथा ज्यान गुमाएका यकिन तथ्यांक पठाउन पत्राचार गरेको मन्त्रालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘अहिले सम्म सबै जिल्लाबाट जनयुद्धका सहिद तथा ज्यान गुमाएकाहरुको तथ्यांक प्राप्त हुन सकेको छैन । तर, हाम्रो अनुमान मधेश प्रदेशबाट करिब ६ सय त्यस्ता व्यक्तिहरू छन् जो जनयुद्धका क्रममा सहिद र ज्यान गुमाएका छन् ।’

मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारजनले मधेश प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवसको अवसरमा ३ लाखको दरले अनुदान दिएको थियो । त्यस्तै, जनयुद्धका सहिद भएका परिवारजनलाई मधेश सरकारले एक लाख दिने तयारी गरेको ती कर्मचारीले बताए ।

जनयुद्ध दिवसको अवसरमा सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमको आयोजना गरी सहिद परिवारजनलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago