ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौँ : चारदेशीय टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलाे खेलमा नेपालले ओमानलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेकाे हाे । जितका लागि ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रनको योगदान दिए । अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएकोमा ऐरीले दुई चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । ५३ बलको सामना गरेका ऐरीले ८ चौका र १ छक्का प्रहार गरे ।

यस्तै शरद भेषावाकरले नटआउट ४ रन बनाए । खराब सुरुवात गरेको नेपालका लागी ओपनर ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदीप ऐरी ४ रनमा आउट हुँदा आसिफ शेखले दुई चौकाको मद्धतमा १४ रन मात्रै बनाए ।

यस्तै ज्ञानेन्द्र मल्ल १३ रनमा आउट हुँदा आरिफ शेखले भने २५ रनकाे याेगदान दिए । एउटा इण्डबाट क्रिजमा टिकेर आक्रामक ब्याटिङ गरेका ऐरीले नेपाललाई जितसम्म पुर्‍याएका हुन् । ओमानका लागि केल्लीमुल्लाहले २ विकेट लिए । उनले नेपालका दुवै ओपनरलाई आउट गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो । उसका लागि कप्तान जिसन मसुदले सर्वाधिक ४३ रन बनाए । नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।

ओपनिङ समस्या बल्झिएपनि चारदेशीय टी–ट्वान्टी श्रृङ्खलामा नेपालले सुधारिएको प्रदर्शन गरेको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago