ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौँ : चारदेशीय टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलाे खेलमा नेपालले ओमानलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेकाे हाे । जितका लागि ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रनको योगदान दिए । अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएकोमा ऐरीले दुई चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । ५३ बलको सामना गरेका ऐरीले ८ चौका र १ छक्का प्रहार गरे ।

यस्तै शरद भेषावाकरले नटआउट ४ रन बनाए । खराब सुरुवात गरेको नेपालका लागी ओपनर ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदीप ऐरी ४ रनमा आउट हुँदा आसिफ शेखले दुई चौकाको मद्धतमा १४ रन मात्रै बनाए ।

यस्तै ज्ञानेन्द्र मल्ल १३ रनमा आउट हुँदा आरिफ शेखले भने २५ रनकाे याेगदान दिए । एउटा इण्डबाट क्रिजमा टिकेर आक्रामक ब्याटिङ गरेका ऐरीले नेपाललाई जितसम्म पुर्‍याएका हुन् । ओमानका लागि केल्लीमुल्लाहले २ विकेट लिए । उनले नेपालका दुवै ओपनरलाई आउट गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो । उसका लागि कप्तान जिसन मसुदले सर्वाधिक ४३ रन बनाए । नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।

ओपनिङ समस्या बल्झिएपनि चारदेशीय टी–ट्वान्टी श्रृङ्खलामा नेपालले सुधारिएको प्रदर्शन गरेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago