ओमान भर्सेज नेपाल टी२० सुरु : को–परे प्लेइङ ११ मा

२०७८, २८ माघ शुक्रबार १६:२२

काठमाडौं: टस जितेपछि टि२० आई सिरिज अन्तर्गत ओमानसँग खेलमा पहिला फिल्डिङ गरेको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । सन्दीपको यो डेब्यू कप्तानी खेल हो।
खेल अल अमरेत क्रिकेट मैदानमा सुरु भएको हो ।
नेपालका कुशल भुर्तेल, करण केसी, कुशल मल्ल, लोकेश बम, साहब आलम र जितेन्द्र मुखियालाई बेन्चमा राखेको छ । विवेक यादव रसागर ढकाललाई डेब्यू दिएको छ ।

नेपाल र ओमानबीच हालसम्म एक मात्र टि२० आई खेल भएको छ । २०१९ मा भएको खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।
नेपालको प्लेइङ ११ ः
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र प्रदीप ऐरी ।

Comments

ताजा खबर