मन्त्री आले यसपटक भने नमज्जाले झुक्किए, गलत सूचनाले यसरी बनायो ‘नाङ्गेझार’ !

काठमाडौं: सस्तो लोकप्रियताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ८ वर्ष अगाडि नै बन्द भएको क्यासिनोमा बन्द गराएर आफै नाङ्गिएनु भएको छ ।

मन्त्री आलेलाई सचिव महेश्वर न्यौपानेले गलत सूचना दिएका कारण नाङ्गिएनु भएको हो । मन्त्री आले होटेल याक एण्ड यतीको क्यासिनो र होटेललाई बिहीबार अचानक निर्णय गरेर बन्द गराउनुभएको थियो ।

आलेले होटेलको सम्पत्ति र चलअचल सम्पत्ति पनि रोक्का गरिदिनु भएको छ । ४० वर्षभन्दा धेरै लामो इतिहाँस बोकेको पाँच तारे होटेल याक एण्ड यतीलाई रोयल्टी नतिरेको अभियोगमा मन्त्री आलेले बन्द गरानुभइएको थियो ।

होटेलका तर्फबाट काठमाडौंमा बुधबार पत्रकार सम्मेलन २०७१ सालमा बन्द रहेको क्यासिनोलाई मन्त्री आलेले ८ वर्षपछि बन्द गराएको जानकारी दिइएको छ । होटेलले क्यासिनो सञ्चालनका लागि इजाजत पत्र लिन निवेदन नै दिएको छैन ।

होटेल याक एण्ड यतीको क्यासिनोलाई पर्यटन मन्त्रालयले २०७१–०१–०५ गते खारेज गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । गलत तथ्यलाई आधार मानेर मन्त्री आलेले क्यासिनो खारेज गरेको होटेलको आरोप छ ।

मन्त्री आलेले अध्ययन नै नगरेर याक एण्ड यती होटेललाई बन्द गराएको भन्दै व्यवस्थापनले आपत्ति जनाएको छ । क्यासिनो सञ्चालन गर्दा वार्षिक ४ करोड तिर्नुपर्छ । ८ वर्ष अगाडि बन्द भएको क्यासिनोसँग मन्त्री आलेले कसरी ४२ करोड रोयल्टी मागेको हो भनेर होटेल व्यवस्थापनले प्रश्न गरेको छ ।

क्यासिनोको इजाजत पत्र एक वर्षको लागि जारी हुन्छ । प्रत्येक वर्ष नवीकरण गराउनुपर्ने कानूनी व्यवस्था छ । होटेल याक एण्डमा ५०० मजदुर कार्यरत छन् । होटेलमा पर्यटकहरू बसेका बेला मन्त्री आलेको मुढेबलमा होटेल बन्द गराएर राज्य आतंक मच्चाएका छन् ।

पाँचतारे होटेल बन्द गर्दा कस्तो छवि गयो रु भनेर प्रश्न उठेको छ । मन्त्री आलेका कारण आफूहरूलाई राज्यबाट अन्याय भएको व्यवस्थापनले जनाएको छ । क्यासिनो सञ्चालन गरेबापत रोयल्टी नबुझाएको भन्दै आलेले काठमाडौं दरबारमार्गको फाइभ स्टार होटेल याक एण्ड यती र नेपालगन्जको ड्रिमल्यान्ड होटेल बन्द गराउनु भएको थियो ।

याक एण्ड यतीले रोयल्टी र नवीकरण दस्तुर गरी ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ बुझाउन बाँकी रहेको मन्त्री आलेको दाबी छ । नेपालगन्जमा ड्रिमल्यान्ड होटेल र मिनी क्यासिनो सञ्चालन गरेको काठमाडौंको ह्याप्पी आवर प्रालिले ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ रोयल्टी र दस्तुर तिर्न बाँकी रहेको दाबी छ ।मन्त्री आलेले याक एण्ड यतीको पाँचतारे वर्गीकरण पनि खारेज गरेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago