अमेरिकी धम्कीले आत्तिएका प्रचण्डले गुहारे बालकोट, ओलीले मुखभरीको जवाफ !

काठमाडौं: अमेरिकाको धम्कीपछि अतालिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालकोट फोन घुमाए तर केपी ओलीको जवाफले उनी उल्टै हिस्स परे ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसीबारे प्रष्ट निर्णय गरिदिन आग्रह गरेका छन् ।

दुई शीर्ष नेताबीच हिजो साँझ भएको फोनवार्तामा प्रचण्डले एमसीसीको विषय किनारा लगाउन भन्दै ओलीसमक्ष दुई प्रस्ताव राखेका थिए ।

एमाले अध्यक्षको सचिवालयका अनुसार ओलीले प्रचण्डका दुवै प्रस्ताव अस्वीकार गरिदिएका छन् ।

प्रचण्डले फोनमा भनेका थिए, एमसीसीमा तपाईंले निर्णय नगरी भएन । जवाफमा ओलीले सत्ता साझेदार दलहरुबीच साझा धारणा बनेलगत्तै आफ्नो पार्टीले निर्णय गर्ने जवाफ दिएका थिए ।

वार्तामा प्रचण्डले एमसीसी सबै दलको सहमतिमा पास गर्ने वा सर्वसम्मतीको प्रयासका लागि चुनावपछि निर्णय गर्ने गरी समय माग्ने विकल्प प्रस्तुत गरेका थिए । एमाले अध्यक्ष ओलीले दुवै प्रस्ताव अस्वीकार गरेको सचिवालयले जानकारी दिएको छ ।

यता, एमाले प्रचार प्रसार उपप्रमुख विष्णु रिजालले सामाजिक सन्जालमार्फत एमसीसीको सम्बन्धमा विदेशी वा स्वदेशी जसले खोजे पनि आफ्नो पार्टी नेकपा एमालेको धारणा प्रष्ट रहेको बताएका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४९५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ ।

अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा ९एमाले० त निर्णय गरिहाल्छ ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago