अमेरिकी धम्कीले आत्तिएका प्रचण्डले गुहारे बालकोट, ओलीले मुखभरीको जवाफ !

काठमाडौं: अमेरिकाको धम्कीपछि अतालिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालकोट फोन घुमाए तर केपी ओलीको जवाफले उनी उल्टै हिस्स परे ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसीबारे प्रष्ट निर्णय गरिदिन आग्रह गरेका छन् ।

दुई शीर्ष नेताबीच हिजो साँझ भएको फोनवार्तामा प्रचण्डले एमसीसीको विषय किनारा लगाउन भन्दै ओलीसमक्ष दुई प्रस्ताव राखेका थिए ।

एमाले अध्यक्षको सचिवालयका अनुसार ओलीले प्रचण्डका दुवै प्रस्ताव अस्वीकार गरिदिएका छन् ।

प्रचण्डले फोनमा भनेका थिए, एमसीसीमा तपाईंले निर्णय नगरी भएन । जवाफमा ओलीले सत्ता साझेदार दलहरुबीच साझा धारणा बनेलगत्तै आफ्नो पार्टीले निर्णय गर्ने जवाफ दिएका थिए ।

वार्तामा प्रचण्डले एमसीसी सबै दलको सहमतिमा पास गर्ने वा सर्वसम्मतीको प्रयासका लागि चुनावपछि निर्णय गर्ने गरी समय माग्ने विकल्प प्रस्तुत गरेका थिए । एमाले अध्यक्ष ओलीले दुवै प्रस्ताव अस्वीकार गरेको सचिवालयले जानकारी दिएको छ ।

यता, एमाले प्रचार प्रसार उपप्रमुख विष्णु रिजालले सामाजिक सन्जालमार्फत एमसीसीको सम्बन्धमा विदेशी वा स्वदेशी जसले खोजे पनि आफ्नो पार्टी नेकपा एमालेको धारणा प्रष्ट रहेको बताएका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४९५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ ।

अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा ९एमाले० त निर्णय गरिहाल्छ ।’

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago