किन गभर्नरले अहिले ब्याज दर दोहोरो अंकमा बढाउन दबाब दिए?

काठमाडौं: ब्याज दर दोहोरो अंकमा नजाओस् भनेर तीन महिनाअघि बढाउन रोकेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बढाउन दबाब दिएका छन्।
गभर्नर अधिकारीले निक्षेपको ब्याज नबढाउने हो भने राष्ट्र बैंकले दिने स्थायी तरलता सुविधा (एसएलएफ) को दर बढाइदिन्छु भनेर तर्साएपछि बैंकर्स संघले शुक्रबार निक्षेप महँगो बनाउने निर्णय गरेको हो। अहिले एसएलएफको दर ५ प्रतिशत छ।

संघले सबै बैंकरलाई सहमतिका बारेमा जानकारी गराइसकेको छ। अब बैंकहरुले फागुन १ गतेबाट लागू हुने ब्याज दर बढाएर प्रकाशित गर्ने छन्।

नयाँ सहमति अनुसार मुद्दती निक्षेपको ब्याज दर १०.०५ प्रतिशतबाट बढेर ११.०३ प्रतिशत पुगेको छ। संस्थागत निक्षेपकर्ताले १०.०३ प्रतिशत पाउने छन्। रेमिटेन्स पठाउनेले भने १२.०३ प्रतिशत पाउने छन्।

राष्ट्र बैंकको नियम अनुसार अधिकतम मुद्दती निक्षेप (साधारणतर्फको) को ५ प्रतिशत बिन्दुभन्दा कम बचतको ब्याज हुनु हुँदैन। यसले गर्दा बचतको ब्याज पनि बढेको छ। अब बैंकहरुले बचतमा न्यूनतम ६.०३ प्रतिशत ब्याज दिनुपर्ने हुन्छ। कल डिपोजिटको ब्याज ३.०१५ प्रतिशत पुगेको छ।

‘हाम्रो अध्यक्षलाई गभर्नर’साबले बोलाएर ब्याज बढाउनु भन्नु भएको रहेछ। उहाँले अडान राख्न सक्नु भएन। गभर्नरको दबाब भन्दै संघबाट ब्याज बढाउने सहमति गरिएको छ,’ बैठकमा सहभागी एक बैंकरले भने, ‘ब्याज बढाउँदा नयाँ निक्षेप आउँदैन भनेर तर्क दिने गभर्नरले अहिले आएर आफैंले बढाउन लगाउनुको अर्थ बुझ्न सकिएन।’

गभर्नरले तीन महिनाअघि ब्याज बढ्नका लागि रोक्न हस्तक्षेप गर्दा अर्थशास्त्रीहरुले गलत अभ्यास भएको टिप्पणी गरेका थिए। उच्च दरमा बढेको ऋण लगानीलाई निरुत्साहन गर्नका लागि पनि निक्षेपको ब्याज बढ्न दिनु पर्ने उनीहरुको तर्क थियो।

अर्थशास्त्रीहरुको विरोध आएपछि गभर्नरले सार्वजनिक कार्यक्रममा ब्याज धेरै बढ्नु अर्थतन्त्रका लागि राम्रो होइन भन्दै तर्क अगाडि सारेका थिए। गभर्नरले ब्याज दर बढ्न रोकेपछि सेयर बजारमा पनि स्थायित्व देखिन थालेको थियो भने व्यवसायीहरुले पनि विरोध गर्न छाडेका थिए।

अहिले गभर्नर अधिकारीले निक्षेपको ब्याज बढेपछि आधार दर वृद्धि हुने र ऋण महँगो हुने तर्क अगाडि सार्दै यसबाट ऋण बिस्तार रोकिने बताउन थालेका छन्। उनले बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायलाई उच्च आयात रोक्न ब्याज बढाउन भनेको एक बैंकरले जानकारी दिए।

गभर्नरले ब्याज बढाउन लगाएपछि अब बैंकहरुको आधार दर बढेर जान्छ। पछिल्ला दिन बढाएको ब्याजका कारण आधार दर ६ महिनामै १.७६ प्रतिशत बिन्दुले बढेर ८.४२ प्रतिशत पुगिसकेको छ। मुद्दती निक्षेपहरु नवीकरण हुँदै जाँदा यो अझै बढ्नेवाला थियो। अहिले राष्ट्र बैंकले बचतको ब्याजसमेत प्रभावित हुने गरी ब्याज बढाउन लगाएपछि आधार दर अर्को एक/डेढ प्रतिशतले बढेर १० प्रतिशत पुग्ने बैंकहरुको अनुमान छ।

‘आधार दर कम भएका पुराना बैंकहरुको खर्च अब धान्न नसक्ने हुन्छ,’ एक बैंकरले भने, ‘आधार दर अहिले नै उच्च भएका बैंकहरुको ब्याज थप महँगो भएर छोइनसक्नु हुने छ।’

बैंकरले राष्ट्र बैंकको दबाबले ‘हद नाघेको’ टिप्पणी गरेका छन्। ‘गभर्नरको मुडमा अब वित्तीय क्षेत्र चल्ने अवस्था आयो। अब फलानोलाई यति ऋण दे, फलानोको निक्षेप मात्र राख् भन्न मात्र बाँकी छ,’ ती बैंकरले भने, ‘माइक्रो म्यानेजमेन्टले पनि अब हद नाघ्यो।’

तीन महिनाअघि गभर्नरले ब्याज बढ्न नदिन नियमन विभाग प्रमुख देवकुमार ढकालमार्फत प्रत्येक बैंकरलाई फोन गर्न लगाएका थिए। त्यसपछि बैंकहरुले ब्याज दर ९.३६ प्रतिशत तोकेका थिए। अर्को महिना बढाएर १०.०५ पुर्‍याएका थिए। यही ब्याजले अहिलेसम्म निरन्तरता पाएको थियो।

अहिले आएर गभर्नर नेपालले आफैंले ब्याज बढाउन लगाएका हुन्। अब विकास बैंक र फाइनान्स कम्पनीले पनि बढाएर ब्याज प्रकाशित गर्ने भएका छन्।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago