किन गभर्नरले अहिले ब्याज दर दोहोरो अंकमा बढाउन दबाब दिए?

काठमाडौं: ब्याज दर दोहोरो अंकमा नजाओस् भनेर तीन महिनाअघि बढाउन रोकेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बढाउन दबाब दिएका छन्।
गभर्नर अधिकारीले निक्षेपको ब्याज नबढाउने हो भने राष्ट्र बैंकले दिने स्थायी तरलता सुविधा (एसएलएफ) को दर बढाइदिन्छु भनेर तर्साएपछि बैंकर्स संघले शुक्रबार निक्षेप महँगो बनाउने निर्णय गरेको हो। अहिले एसएलएफको दर ५ प्रतिशत छ।

संघले सबै बैंकरलाई सहमतिका बारेमा जानकारी गराइसकेको छ। अब बैंकहरुले फागुन १ गतेबाट लागू हुने ब्याज दर बढाएर प्रकाशित गर्ने छन्।

नयाँ सहमति अनुसार मुद्दती निक्षेपको ब्याज दर १०.०५ प्रतिशतबाट बढेर ११.०३ प्रतिशत पुगेको छ। संस्थागत निक्षेपकर्ताले १०.०३ प्रतिशत पाउने छन्। रेमिटेन्स पठाउनेले भने १२.०३ प्रतिशत पाउने छन्।

राष्ट्र बैंकको नियम अनुसार अधिकतम मुद्दती निक्षेप (साधारणतर्फको) को ५ प्रतिशत बिन्दुभन्दा कम बचतको ब्याज हुनु हुँदैन। यसले गर्दा बचतको ब्याज पनि बढेको छ। अब बैंकहरुले बचतमा न्यूनतम ६.०३ प्रतिशत ब्याज दिनुपर्ने हुन्छ। कल डिपोजिटको ब्याज ३.०१५ प्रतिशत पुगेको छ।

‘हाम्रो अध्यक्षलाई गभर्नर’साबले बोलाएर ब्याज बढाउनु भन्नु भएको रहेछ। उहाँले अडान राख्न सक्नु भएन। गभर्नरको दबाब भन्दै संघबाट ब्याज बढाउने सहमति गरिएको छ,’ बैठकमा सहभागी एक बैंकरले भने, ‘ब्याज बढाउँदा नयाँ निक्षेप आउँदैन भनेर तर्क दिने गभर्नरले अहिले आएर आफैंले बढाउन लगाउनुको अर्थ बुझ्न सकिएन।’

गभर्नरले तीन महिनाअघि ब्याज बढ्नका लागि रोक्न हस्तक्षेप गर्दा अर्थशास्त्रीहरुले गलत अभ्यास भएको टिप्पणी गरेका थिए। उच्च दरमा बढेको ऋण लगानीलाई निरुत्साहन गर्नका लागि पनि निक्षेपको ब्याज बढ्न दिनु पर्ने उनीहरुको तर्क थियो।

अर्थशास्त्रीहरुको विरोध आएपछि गभर्नरले सार्वजनिक कार्यक्रममा ब्याज धेरै बढ्नु अर्थतन्त्रका लागि राम्रो होइन भन्दै तर्क अगाडि सारेका थिए। गभर्नरले ब्याज दर बढ्न रोकेपछि सेयर बजारमा पनि स्थायित्व देखिन थालेको थियो भने व्यवसायीहरुले पनि विरोध गर्न छाडेका थिए।

अहिले गभर्नर अधिकारीले निक्षेपको ब्याज बढेपछि आधार दर वृद्धि हुने र ऋण महँगो हुने तर्क अगाडि सार्दै यसबाट ऋण बिस्तार रोकिने बताउन थालेका छन्। उनले बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायलाई उच्च आयात रोक्न ब्याज बढाउन भनेको एक बैंकरले जानकारी दिए।

गभर्नरले ब्याज बढाउन लगाएपछि अब बैंकहरुको आधार दर बढेर जान्छ। पछिल्ला दिन बढाएको ब्याजका कारण आधार दर ६ महिनामै १.७६ प्रतिशत बिन्दुले बढेर ८.४२ प्रतिशत पुगिसकेको छ। मुद्दती निक्षेपहरु नवीकरण हुँदै जाँदा यो अझै बढ्नेवाला थियो। अहिले राष्ट्र बैंकले बचतको ब्याजसमेत प्रभावित हुने गरी ब्याज बढाउन लगाएपछि आधार दर अर्को एक/डेढ प्रतिशतले बढेर १० प्रतिशत पुग्ने बैंकहरुको अनुमान छ।

‘आधार दर कम भएका पुराना बैंकहरुको खर्च अब धान्न नसक्ने हुन्छ,’ एक बैंकरले भने, ‘आधार दर अहिले नै उच्च भएका बैंकहरुको ब्याज थप महँगो भएर छोइनसक्नु हुने छ।’

बैंकरले राष्ट्र बैंकको दबाबले ‘हद नाघेको’ टिप्पणी गरेका छन्। ‘गभर्नरको मुडमा अब वित्तीय क्षेत्र चल्ने अवस्था आयो। अब फलानोलाई यति ऋण दे, फलानोको निक्षेप मात्र राख् भन्न मात्र बाँकी छ,’ ती बैंकरले भने, ‘माइक्रो म्यानेजमेन्टले पनि अब हद नाघ्यो।’

तीन महिनाअघि गभर्नरले ब्याज बढ्न नदिन नियमन विभाग प्रमुख देवकुमार ढकालमार्फत प्रत्येक बैंकरलाई फोन गर्न लगाएका थिए। त्यसपछि बैंकहरुले ब्याज दर ९.३६ प्रतिशत तोकेका थिए। अर्को महिना बढाएर १०.०५ पुर्‍याएका थिए। यही ब्याजले अहिलेसम्म निरन्तरता पाएको थियो।

अहिले आएर गभर्नर नेपालले आफैंले ब्याज बढाउन लगाएका हुन्। अब विकास बैंक र फाइनान्स कम्पनीले पनि बढाएर ब्याज प्रकाशित गर्ने भएका छन्।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago