फाइल फोटो
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन्। सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानसेनापति शर्माले आज उक्त सडकको हेलिकोप्टरमार्फत निरीक्षण गरेका हुन्।
प्रधानसेनापति शर्माले तिंकर सडकको हवाई निरीक्षण गरेको सैनिक निर्देशनालयले जनाएको छ। निरीक्षण भ्रमण पूर्व उनले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल गरेका थिए।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति महा शर्माले २८ माघमा कञ्चनपुरको गड्डाचौकीस्थित नेपाली सेनाद्वारा निर्माणाधीन होल्डिङ सेन्टरको अवलोकन गर्ने कार्य योजना रहेको छ।व्यास गाउँपालिकाको तुसर पानीदेखि कोठेधारसम्म चार किलोमिटर र कोठे धारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको जिम्मा सेनालाई दिइएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…