वीरगन्ज महानगरपालिकाद्वारा घरदैलो स्वास्थ्य सेवा सुरु

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले घरदैलो स्वास्थ्य सेवा शुरु गरेको छ । वीरगन्ज महानगरपालिकाका जनताको स्वास्थ्य उपचार सेवाको पहुँच सहज बनाउने उद्देश्यले वीरगंज माहानगरपालिकाले घरदैलोमा स्वास्थ्य सेवा सुरु गरेको हो ।

                                                                                फाइल फोटो

महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले नगरवासीको घरदैलोमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै बिरामीहरूलाई औषधि वितरण गरी स्वास्थ्य उपचार सेवाको शुरुवात गरेका हुन् । नागरिकको स्वास्थ्यमा पहुँच बढाउन तथा असहाय, असक्त, वृद्धवृद्धाहरू अस्पतालसम्म पुग्न नसकी स्वास्थ्य उपचारमा हुने कठिनाइलाई मध्यनजर गर्दै घरदैलो स्वास्थ्य सेवा सुरु गरिएको वीरगन्ज महानगर प्रमुख विजय कुमार सरावगीले बताए ।

अस्पतालको पहुँचभन्दा बाहिर रहेका विपन्न, गरिब, असहाय, असक्त तथा वृद्धवृद्धाहरूलाई घरदैलोमा नै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले महानगरपालिकाका स्वास्थ्यकर्मीहरू खटाएर सेवा सुरु गरिएको नगरप्रमुख सरावगीले बताए । गएको स्थानीय तहको निर्वाचन अघि आपूmले घोषणा पत्रमा गरेको प्रतिबद्धताअनुसार महानगरवासीको घर घरमा स्वास्थ्य सेवाको पहुँच पु¥याइएको बताए ।
महानगरपालिकाले उपलब्ध गराउने स्वास्थ्य सेवाअन्तर्गत बालबालिकाहरूको नियमित खोप दिएर महानगरलाई पूर्ण खोप घोषणा गरिसकेको छ ।

छिट्टै पूर्ण साक्षर महानगर घोषणाको तयारीमा रहेको पनि नगर प्रमुख सरावगीले बताए । त्यस्तै महानगर प्रमुख सरावगीले महानगर भित्र निर्माण हुन लागेको नगर स्वास्थ्य केन्द्रको पनि शिलान्यास गरेका छन् ।महानगरपालिकाले पाँचवटा वडामा स्वास्थ्य केन्द्र निर्माण गर्दैछ । महानगरपालिकाद्वारा निर्माण गर्न लागेको दुईवटा नगर स्वास्थ्य केन्द्रको मंगलबार एकैदिन महानगर प्रमुख सरावगीले शिलान्यास गरेका हुन् ।

महानगरपालिकाको वडा नम्बर–१७ अलौं र वडा नम्बर–२६ सुगौली बिर्तामा ३ करोड ६२ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको नगर स्वास्थ्य केन्द्रको पक्की भवन निर्माणको नगरप्रमुख विजयकुमार सरावगीले शिलान्यास गरेका हुन् ।
महानगरपालिकाले यसअघि दुईवटा वडामा स्वास्थ्य केन्द्र निर्माण सम्पन्न गरेर सेवा शुरु गरेको छ । त्यस्तै बर्थिङ सेण्टरहरू पनि निर्माण गरिरहेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago