वीरगन्ज महानगरपालिकाद्वारा घरदैलो स्वास्थ्य सेवा सुरु

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले घरदैलो स्वास्थ्य सेवा शुरु गरेको छ । वीरगन्ज महानगरपालिकाका जनताको स्वास्थ्य उपचार सेवाको पहुँच सहज बनाउने उद्देश्यले वीरगंज माहानगरपालिकाले घरदैलोमा स्वास्थ्य सेवा सुरु गरेको हो ।

                                                                                फाइल फोटो

महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले नगरवासीको घरदैलोमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै बिरामीहरूलाई औषधि वितरण गरी स्वास्थ्य उपचार सेवाको शुरुवात गरेका हुन् । नागरिकको स्वास्थ्यमा पहुँच बढाउन तथा असहाय, असक्त, वृद्धवृद्धाहरू अस्पतालसम्म पुग्न नसकी स्वास्थ्य उपचारमा हुने कठिनाइलाई मध्यनजर गर्दै घरदैलो स्वास्थ्य सेवा सुरु गरिएको वीरगन्ज महानगर प्रमुख विजय कुमार सरावगीले बताए ।

अस्पतालको पहुँचभन्दा बाहिर रहेका विपन्न, गरिब, असहाय, असक्त तथा वृद्धवृद्धाहरूलाई घरदैलोमा नै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले महानगरपालिकाका स्वास्थ्यकर्मीहरू खटाएर सेवा सुरु गरिएको नगरप्रमुख सरावगीले बताए । गएको स्थानीय तहको निर्वाचन अघि आपूmले घोषणा पत्रमा गरेको प्रतिबद्धताअनुसार महानगरवासीको घर घरमा स्वास्थ्य सेवाको पहुँच पु¥याइएको बताए ।
महानगरपालिकाले उपलब्ध गराउने स्वास्थ्य सेवाअन्तर्गत बालबालिकाहरूको नियमित खोप दिएर महानगरलाई पूर्ण खोप घोषणा गरिसकेको छ ।

छिट्टै पूर्ण साक्षर महानगर घोषणाको तयारीमा रहेको पनि नगर प्रमुख सरावगीले बताए । त्यस्तै महानगर प्रमुख सरावगीले महानगर भित्र निर्माण हुन लागेको नगर स्वास्थ्य केन्द्रको पनि शिलान्यास गरेका छन् ।महानगरपालिकाले पाँचवटा वडामा स्वास्थ्य केन्द्र निर्माण गर्दैछ । महानगरपालिकाद्वारा निर्माण गर्न लागेको दुईवटा नगर स्वास्थ्य केन्द्रको मंगलबार एकैदिन महानगर प्रमुख सरावगीले शिलान्यास गरेका हुन् ।

महानगरपालिकाको वडा नम्बर–१७ अलौं र वडा नम्बर–२६ सुगौली बिर्तामा ३ करोड ६२ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको नगर स्वास्थ्य केन्द्रको पक्की भवन निर्माणको नगरप्रमुख विजयकुमार सरावगीले शिलान्यास गरेका हुन् ।
महानगरपालिकाले यसअघि दुईवटा वडामा स्वास्थ्य केन्द्र निर्माण सम्पन्न गरेर सेवा शुरु गरेको छ । त्यस्तै बर्थिङ सेण्टरहरू पनि निर्माण गरिरहेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago