एमसीसी सम्बन्धमा प्रचण्डले फोन गर्दा ओलीको आयो यस्तो जवाफ

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका सम्बन्धमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले  निर्णय गर्नुपर्ने माग गरेका छन् ।

                                                                                         फाइल फोटो

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरी अमेरिकी अनुदान सम्झौता (एमसीसी)का सम्बन्धमा निर्णय गर्न आग्रह गरेका हुन् ।एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रचण्डले बिहीबार साँझ ओलीलाई फोन गरेका थिए । त्यसक्रममा प्रचण्डले ओलीलाई ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भनेको रिजालले उल्लेख गरेका छन् ।

रिजालका अनुसार जवाफमा ओलीले ‘पहिले आफूले निर्णय गर्नूस्, एमालेले त निर्णय गरिहाल्छ’ भनेका थिए ।“एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले– नेकपा (एमाले)को धारणा स्पष्ट छ । ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ– तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौँ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,” ओलीको भनाइ उद्धृत गर्दै रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, “अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्, नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।”

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago