तुलसीपुर आगलागी : शोकमा बजार बन्द, पसल र गाेदामसँगै जले हुसेनका दुई छोरा

दाङ । जुत्ताचप्पलको गोदाम रहेको घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएपछि तुलसीपुर शोकमा डुबेको छ। दिवंगतप्रति श्रद्धाञ्जली दिन र परिवारजनमा समवेदना दिन तुलसीपुर बजार बन्द हुने भएको हो।

फाइल फोटो

शुक्रबार तुलसीपुर बजार बन्द गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले बताए।इरम फुटवेयर चप्पल गोदाममा आगलागी हुँदा शुक्रबार निस्सासिएर गोदाम धनी र अर्को एक परिवारका पाँचजनाको मृत्यु भएको थियो। जसमा पसल तथा गोदाम सञ्चालक हुसेन बकसका दुई छोरा र अर्काे परिवारका तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सुर्खेत घर भई हाल भाडामा बस्दै आएका बक्सका दुई छोरा १६ वर्षीय मसिन बकस र १४ वर्षीय हसन बकस रहेका छन्।
त्यस्तै अर्घाखाँची घर भई हाल सोही घरमा भाडामा बस्दै आएका ४० वर्षीय नगरदिन अली, उनका १३ वर्षीया छोरी सुजिता खातुन अली र ५ वर्षीय छोरा अविददिन अलि रहेका छन्।

आगलागी भएको घर बैंकका पूर्वकर्मचारी बक्सबहादुर केसीको हो। सिंगो घर भाडामा दिइएको थियो। तल्लो तलामा अगाडि चप्पल पसल र पछाडि गोदम थियो।सोही घरमा शुक्रबार बिहान २ बजेतिर आगलागी भएको हो। आगो कम भएपछि साढे ७ बजेतिर शव निकालिएको थियो। घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो। पाँचै जना निस्सासिएर मृत्यु भएको प्रहरीले बताएको छ।

‘तेस्रो तलामा रहेकाहरु निस्सासिएर मृत्यु भएको जस्तो देखिन्छ’, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भने, ‘चौथो तलामा रहेकाहरु अलिअलि जलेका थिए।’उनका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो। पहिलो तलाबाट आगलागी सुरु भएको बताइएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago