तुलसीपुर आगलागी : शोकमा बजार बन्द, पसल र गाेदामसँगै जले हुसेनका दुई छोरा

दाङ । जुत्ताचप्पलको गोदाम रहेको घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएपछि तुलसीपुर शोकमा डुबेको छ। दिवंगतप्रति श्रद्धाञ्जली दिन र परिवारजनमा समवेदना दिन तुलसीपुर बजार बन्द हुने भएको हो।

फाइल फोटो

शुक्रबार तुलसीपुर बजार बन्द गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले बताए।इरम फुटवेयर चप्पल गोदाममा आगलागी हुँदा शुक्रबार निस्सासिएर गोदाम धनी र अर्को एक परिवारका पाँचजनाको मृत्यु भएको थियो। जसमा पसल तथा गोदाम सञ्चालक हुसेन बकसका दुई छोरा र अर्काे परिवारका तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सुर्खेत घर भई हाल भाडामा बस्दै आएका बक्सका दुई छोरा १६ वर्षीय मसिन बकस र १४ वर्षीय हसन बकस रहेका छन्।
त्यस्तै अर्घाखाँची घर भई हाल सोही घरमा भाडामा बस्दै आएका ४० वर्षीय नगरदिन अली, उनका १३ वर्षीया छोरी सुजिता खातुन अली र ५ वर्षीय छोरा अविददिन अलि रहेका छन्।

आगलागी भएको घर बैंकका पूर्वकर्मचारी बक्सबहादुर केसीको हो। सिंगो घर भाडामा दिइएको थियो। तल्लो तलामा अगाडि चप्पल पसल र पछाडि गोदम थियो।सोही घरमा शुक्रबार बिहान २ बजेतिर आगलागी भएको हो। आगो कम भएपछि साढे ७ बजेतिर शव निकालिएको थियो। घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो। पाँचै जना निस्सासिएर मृत्यु भएको प्रहरीले बताएको छ।

‘तेस्रो तलामा रहेकाहरु निस्सासिएर मृत्यु भएको जस्तो देखिन्छ’, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भने, ‘चौथो तलामा रहेकाहरु अलिअलि जलेका थिए।’उनका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो। पहिलो तलाबाट आगलागी सुरु भएको बताइएको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago