लाइफ इन्स्योरेन्स कर्पोरेसनको मुनाफा ३३ प्रतिशतले घट्यो, जीवन बीमा कोषमा ८६ अर्ब ४९ करोड

काठमाडौं: लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको मुनाफा ३३.५१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । मुनाफामा गिरावट सँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँमा खुम्चिएको छ । यस मुनाफामा जीवन बीमा कोषको आम्दानीमा नजोडिने भएकाले कम देखिएको हो । एक्चुरिअरी प्रतिवेदन पछि कम्पनीको मुनाफा बढ्न जान्छ ।

कम्पनीको खुद बीमा शुल्क आर्जनमा भने सामान्य सुधार देखिएको छ । कम्पनीले पुस मसान्तसम्ममा ९ अर्ब ५८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ९ अर्ब ५६ करोड रुपैयाँ मात्रै थियो । कुल बीमा शुल्क आर्जन भने ९ अर्ब ६२ करोड रुपैयाँ छ ।

यस वर्ष दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । कम्पनीले ६ महिनामा ५ अर्ब २६ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । जवकी गत वर्षको यहि अवधिमा ४ अर्ब ५२ करोड रुपैयाँ थियो । यस वर्ष अभिकर्ताले प्राप्त गर्ने कमिशन रकम भने घटेको छ । कम्पनीले यस वर्ष ९१ करोड ९६ लाख रुपैयाँ कमिशन दिएको छ । गत वर्ष एक अर्ब एक करोड थियो ।

कम्पनीको जीवन बीमा कोष १६.४९ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ८६ अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्ष ७४ अर्ब २४ करोड रुपैयाँ थियो । चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब २३ करोड रुपैयाँ जम्मा भएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago