काठमाडौं: लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको मुनाफा ३३.५१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । मुनाफामा गिरावट सँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँमा खुम्चिएको छ । यस मुनाफामा जीवन बीमा कोषको आम्दानीमा नजोडिने भएकाले कम देखिएको हो । एक्चुरिअरी प्रतिवेदन पछि कम्पनीको मुनाफा बढ्न जान्छ ।
कम्पनीको खुद बीमा शुल्क आर्जनमा भने सामान्य सुधार देखिएको छ । कम्पनीले पुस मसान्तसम्ममा ९ अर्ब ५८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ९ अर्ब ५६ करोड रुपैयाँ मात्रै थियो । कुल बीमा शुल्क आर्जन भने ९ अर्ब ६२ करोड रुपैयाँ छ ।
यस वर्ष दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । कम्पनीले ६ महिनामा ५ अर्ब २६ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । जवकी गत वर्षको यहि अवधिमा ४ अर्ब ५२ करोड रुपैयाँ थियो । यस वर्ष अभिकर्ताले प्राप्त गर्ने कमिशन रकम भने घटेको छ । कम्पनीले यस वर्ष ९१ करोड ९६ लाख रुपैयाँ कमिशन दिएको छ । गत वर्ष एक अर्ब एक करोड थियो ।
कम्पनीको जीवन बीमा कोष १६.४९ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ८६ अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्ष ७४ अर्ब २४ करोड रुपैयाँ थियो । चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब २३ करोड रुपैयाँ जम्मा भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…