गैंडा मर्नुमा निकुञ्ज र सडक डिभिजनको कमजोरी : छानविन प्रतिवेदन

चितवन: निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकखण्डमा बनाइएको नालीमा फसेर दुर्लभ एकसिंगे गैंडा मर्नुमा चितवन राष्ट्रिय निकुञ्ज र सडक डिभिजनको कमजोरी देखिएको छ । कानुनी प्रकृया पुरा नगर्दा र निर्माणाधीन योजनाको अनुगमन नहुँदा गैंडा अकालमै मर्न पुगेको सरकारी छानविन प्रतिवेदनले बताएको छ ।

मृत्यु भएको गैंडाको विषयमा अनुसन्धान गर्न वन तथा वातावरण मन्त्रालयद्वारा गठित कार्यदलले २३ माघमा प्रतिवेदन बुझाएको हो । गोन्द्राङ टिकौली जंगलनजिक निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएको सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर ९ माघमा दुर्लभ एकसिंगे भाले गैंडा मरेको थियो ।

उक्त घटनाको विषयमा रायसहितको प्रतिवेदन पेश गर्न मन्त्रालयले माघ ११ गते कार्यदल बनाएको थियो । वातावरणी प्रभाव मूल्यांकन (ईआईए) गर्नुपर्ने सडकको कामलाई प्रारम्भिक वातावरणीय परीक्षण (आईइइ)को प्रकृयामा लगिएकाे पाइएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले बताए ।

‘१० किमीभन्दा बढी भएको भए ईआईए गर्नुपर्ने भएकाले त्यसलाई छल्नका लागि आईइइको प्रकृयामा हालिएको तर त्यसको पनि काम पुरा नभएको भन्ने छ’, उनले भने ।

ईआईए गर्नुपर्ने काममा सडक डिभिजनबाट नियमको उल्लघंन भएको उनले बताए ।

‘अर्काे कुरा, त्यो कन्स्ट्रक्सनको बेला अनुगमन गर्नुपर्ने र प्राविधिक हिसाबले हेर्नुपर्ने कुरामा लापरबाही भयो । हेरिएन भन्ने विषय छ । निकुञ्जबाट त्यसको अनुगमन गर्नुपर्थ्याे । सुरक्षाकर्मीबाट हेर्नुपर्थ्याे । त्यो विषयमा कमी कमजोरी रह्यो भन्ने छ’, उनले भने ।

लापरबाही गर्ने निकायले नै अनुसन्धान गर्दै
व्यक्ति विशेषलाई कारबाही गर्नुपर्ने भनेर सिफारिस भने नभएको उनले बताए । व्यक्ति विशेषलाई कारबाहीका लागि निकुञ्जले गरेको अनुसन्धानका आधारमा हुने उनी बताउँछन् ।

यस हिसाबले आफ्नो कमजोरीलाई लुकाएर निकुञ्जले अरुलाई नै कारबाही गर्न गर्न सक्ने आशंका बढेको छ । मध्यवर्ती क्षेत्रमा निर्माणाधीन पूर्वाधारको निकुञ्जले अनुगमन नगरेको प्रतिवेदनले बताएको छ ।

त्यतिमात्रै नभएर लापरबाही गर्ने निकुञ्ज र सडकका कर्मचारीलाई निजामती सेवा ऐन अनुसार कारबाहीको लागि सिफारिस गरिएको छ ।

‘कानुनी कारबाहीका लागि छानविनको काम त बाँकी नै छ । त्यहाँको अनुसन्धान अधिकृतले गरिरहनु भएको छ । त्यो अनुसार हुने हो’, उनले भने । वन्यजन्तुमैंत्री पूर्वाधार बनाउने र समन्वयकारी ढंगले काम गर्नुपर्ने कुरालाई समेटेर कार्यदलले सुझाव दिएको छ ।

कार्यदलमा वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसी, वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत पदमराज नेपाल थिए ।

ठेकेदार पक्राउ परेनन्
निकुञ्जले उक्त घटनामा ठेकेदार दोषी भएको भन्दै माघ १३ गते इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

ठेकेदार आफै सम्पर्कमा आएकाले पक्राउ नगरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताए । निकुञ्जका अनुसन्धान अधिकृत राजु घिमिरेले यस घटनाको विषयमा अनुसन्धान गरिरहेका छन् ।

निकुञ्जको देवनगर पोष्टका तल्लो तहका कर्मचारीहरुले समयमा नै सडक विस्तारको अनुगमन नगरेको बताइएको छ । वन तथा वरण्डाभार क्षेत्रमा अण्डरपास वा ओभरपास बनाउने अवधारणा अझै पनि नहुँदा यस्ता दुर्घटनाहरु निम्तिने क्रम बढेको छ ।

यसअघि निकुञ्जले नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ईआइए नगरिएको भन्दै तीन महिनासम्म काम रोकेको थियो ।

अहिले सो सडकखण्डको विभिन्न ठाउँमा अण्डरपास बनाउने गरी संरचना तयार गरिंदैछ । तर निकुञ्ज प्रशासनको नाकै मुनि रहेको गोन्द्राङ–पुलचोक खण्डमा भने निकुञ्जले चासो नदिएको भन्दै निकुञ्जको आलोचना हुँदै आएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago