जोटाको दुई गोलमा लिभरपुल विजयी-इंग्लिस प्रिमियर लिग

२०७८, २८ माघ शुक्रबार ०७:०६

काठमाडौँ: डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ । जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसँगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता दूरी घटाएको हो ।

यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा फर्किएका छन् । जितसँगै लिभरपुल २३ खेलबाट ५१ अंकसहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने २१ खेलबाट २६ अंकसहित १२औं स्थानमा छ ।

शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित लिभरपुल भन्दामाथि छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु