आर्सनल विजयी, मार्टिनेलीलाई रातो कार्ड

काठमाडौँ: १० खेलाडीमा सीमित आर्सनलले बिहीबार राति भएको इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई १-० अन्तरले पराजित गरेको छ । खेलको २५औं मिनेटमा गाब्रियल मागाल्हाएसको निर्णायक गोलसँगै आर्सनल शीर्ष पाँचमा उक्लिएको हो ।

खेलको ६९ मिनेटमा गाब्रियल मार्टिनेलीले रातो कार्डको सामना गर्दा भ्रमणकारी टोली आर्सनलले थप दबाब झेल्नु पर्‍यो । जितसँगै आर्सनल २२ खेलबाट ३९ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ३४ अंकको उल्भ्स आठौं स्थानमा छ ।

बिहीबार राति नै भएको खेलमा डिअगो जोटाको दुई गोलसँगै लेस्टर सिटीविरुद्द लिभरपुलले २-० को जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी घटाएको हो ।

जितसँगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने २१ खेलबाट २६ अंक सहित १२औं स्थानमा छ ।

शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित लिभरपुल भन्दामाथि छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago