उज्यालो प्रदेश लुम्बिनी प्रदेश बनाउन पाल्पाको निस्दी बाट सुरु गर्ने प्रण लिएको छु – मन्त्री राना

तानसेन, पाल्पा । लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री माननीय वीर बहादुर रानाले उज्यालो प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लि. को बार्षिक साधारणसभाको समुद्घाटन गर्दै उज्यालो प्रदेश लुम्बिनी प्रदेश बनाउनका लागी पाल्पाको निस्दीबाट सुरु गर्ने बताउनुभएको हो ।

रकम जम्मा गर्ने र लगानी गर्ने मात्र नभई सबैलाई जोडेर चेतनाको स्तर उकास्न सहकारीले भुमिका खेल्न आवस्यक रहेको मन्त्री रानाले बताउनुभयो । तपाइको ढोकामा सबै पुग्न सक्दैन, तेसैले सहकारीको माध्यम बाट जोडियो भने समाज समृद्धि तर्फ बढ्ने मन्त्री रानाको भनाई थियो । समृद्धिको मार्गमा अगाडि बढ्न हरेक ब्यक्तिको नैसर्गिक अधिकार पाउन समाजमा रहेका ब्यक्तिले पहल गरेन भने अझैपनी गार्हो अवस्था रहेको हुँदा ब्यक्ती भन्दा माथी उठेर समाजमा समर्पित हुन मन्त्री रानाले आग्रह गर्नुभयो ।

साधारण सभामा बोल्दै तानसेन नगरपालिकाका सहकारी बिभाग प्रमुख बरिस्ठ अधिकृत दुर्गा थापाले सहकारीका निति र सिद्धान्त लाई पालान गर्नुपर्ने बताउनुभयो । सहकारीका सल्लाहकार भबिन्द्र गौतम, नमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नवीन थापा, कानुनि सल्लाहकार गिता शर्मा, शेयर सदस्य यम बहादुर कार्कीले सहकारी सुख दुखको साथीका रुपमा स्थापित हुन आवस्यक रहेको भन्दै सहकारीको सफलताका लागी शुभकामना ब्यक्त गर्नुभयो ।

बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था २०७६ सालमा तानसेन नगरपालिकामा दर्ता भएको थियो । कुल पुजी १ करोड ४३ लाख रहेको सहकारीको कुल कारोबार २ करोड ५१ लाखको कारोबार रहेको छ । आर्थिक बर्ष २०७७/७८ मा सहकारीले १३ लाख १४ हजार शुद्ध नाफा आर्जन गरेको साधारण सभामा प्रतिबदेन प्रस्तुत भएको थियो । सहकारी संस्थाका अध्यक्ष बिधान प्रसाद श्रेष्ठले कुल लगानीको ७२ प्रतिशत उत्पादनशिल क्षेत्रमा लगानी भएको र सन्स्थाले गएको बर्षमा भन्दा ९३ प्रतिशत लगानी वृद्धि गरि नाफा आर्जन गर्न सफल भएको प्रतिबदेन पेस गर्नुभएको थियो । सहकारीले यस बर्षमा सुपथ पसल सन्चालन गर्ने लक्ष्य लिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको थियो ।
साधारणसभा संस्थाका अध्यक्ष बिधान प्रसाद श्रेष्ठको अध्यक्षता, सह कोषाध्यक्ष मनिषा कार्किको स्वागत, सहसचिब निलकन्ठ देबकोटाको धन्यवाद ज्ञापन र सचिब जागेश्वोर न्यौपानेको सन्चालनमा चलेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago