‘बढी बिजुली खपत गर्ने उद्योग स्थापना गरे सरकारले सहयोग गर्छ’

काठमाडौँ – सरकारले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ। स्वदेशी बिजुलीको खपत स्वदेशमै गर्नुपर्छ भन्ने ध्येयसाथ सरकारले उद्योगी तथा व्यवसायीलाई त्यस्तो आग्रह गरेको हो।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भनिन्, ‘हामीले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई विशेष आह्वान गर्दै आएका छौँ। सरकार थप सहजीकरणका लागि तयार छ।’

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल पावर एक्सचेन्ज लिमिटेडको सहकार्यमा आयोजित नेपाल पावर मार्केट समिट २०२२ लाई सम्बोधन गर्दै उनले बिजुलीको खपत बढाउने विषय नै अहिलेको प्रमुख आवश्यकता रहेको बताइन्।

सरकारको पहिलो प्राथमिकता विद्युत् खपतलाई वृद्धि गर्दै लैजानेमै रहेको उल्लेख गर्दै उनले त्यसका लागि विद्युतीय चुलोको प्रयोग र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिएको जानकारी दिइन्।

अहिले निजी क्षेत्रबाट सञ्चालित उद्योगले मागेअनुसार विद्युत् उपलब्ध गराउँदै आएको विवरण पेस गर्दै ऊर्जामन्त्रीले बिजुलीलाई कच्चा पदार्थको वस्तुका रूपमा लिएर त्यसलाई बढावा दिनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘एकातिर हामीले विद्युत् खपतलाई प्राथमिकतामा राखेका छौँ भने अर्कोतर्फ अन्तरदेशीय विद्युत् व्यापारका लागि निरन्तर राजनीतिक एवं कूटनीतिक स्तरमा विचार–विमर्श गर्दै आएका छौँ। यस प्रकारको छलफललाई अझ तीव्रता दिँदै थप उपलब्धि हासिल गर्नेतर्फ नेपाल सरकार लागेको छ।’

विद्युत् उत्पादन र खपतको वास्तविकता र यस क्षेत्रका मित्रराष्ट्रको ऊर्जाको आवश्यकताका आधारमा पनि एकआपसमा सहकार्य गर्ने खालको रहेको जानकारी दिँदै उनले भनिन्, ‘हाम्रोमा उत्पादन बढी हुँदा मित्रराष्ट्रमा विद्युत्को माग बढी हुने गरेकाले पनि अवस्था सहज रहेको हो, यो विद्युत् व्यापारका माध्यमबाट एकअर्काको आवश्यकता पूरा गर्ने महत्वपूर्ण अवसर पनि हो।’

विद्युत् उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले प्रतिव्यक्ति विद्युत् खपत न्यून रहेकाले यसलाई कम्तीमा प्रतिव्यक्ति विद्युत् खपत ७ सय युनिट पुर्‍याउनुपर्ने आवश्यकता औँल्याइन्।

मन्त्री भुसालले विद्युत् व्यापारको क्षेत्रमा भारतसँग महत्वपूर्ण सहमति गरेको र त्यो दक्षिण एसियाकै ऊर्जा व्यापारका सम्बन्धमा कोसेढुंगा बन्ने आफूले विश्वास लिएको बताइन्।

समझादारी बहुपक्षीयस्तरमा पनि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। उनले त्यसका लागि सरकारले विभिन्न स्तरबाट निरन्तर पहल गरिरहेको जानकारी दिइन्। नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको तथ्य पेस गर्दै ऊर्जामन्त्रीले पछिल्लो समय निजी क्षेत्रले ऊर्जा व्यापारका सम्बन्धमा पनि निरन्तर छलफल र बहस चलाएकामा धन्यवाद दिइन्।

हालै मात्र सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत् व्यापारको अनुमति प्रदान गरेको छ। मन्त्रालय अन्तरदेशीय विद्युत् व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि विद्युत् व्यापारका लागि अनुमति दिने तयारीमा रहेको उनले बताइन्।

उनले भनिन्, ‘विद्युत् व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ।’

विद्युत् व्यापार क्षेत्रमा नेपालको मात्र नभई भारत तथा बंगलादेशका निजी क्षेत्रले पनि यस किसिमको चासो राख्नुलाई आफूले सकारात्मक अर्थमा लिएको तथा यस्तो सक्रियताले क्षेत्रीय विद्युत् व्यापारमा महत्वपूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago