‘बढी बिजुली खपत गर्ने उद्योग स्थापना गरे सरकारले सहयोग गर्छ’

काठमाडौँ – सरकारले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ। स्वदेशी बिजुलीको खपत स्वदेशमै गर्नुपर्छ भन्ने ध्येयसाथ सरकारले उद्योगी तथा व्यवसायीलाई त्यस्तो आग्रह गरेको हो।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भनिन्, ‘हामीले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई विशेष आह्वान गर्दै आएका छौँ। सरकार थप सहजीकरणका लागि तयार छ।’

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल पावर एक्सचेन्ज लिमिटेडको सहकार्यमा आयोजित नेपाल पावर मार्केट समिट २०२२ लाई सम्बोधन गर्दै उनले बिजुलीको खपत बढाउने विषय नै अहिलेको प्रमुख आवश्यकता रहेको बताइन्।

सरकारको पहिलो प्राथमिकता विद्युत् खपतलाई वृद्धि गर्दै लैजानेमै रहेको उल्लेख गर्दै उनले त्यसका लागि विद्युतीय चुलोको प्रयोग र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिएको जानकारी दिइन्।

अहिले निजी क्षेत्रबाट सञ्चालित उद्योगले मागेअनुसार विद्युत् उपलब्ध गराउँदै आएको विवरण पेस गर्दै ऊर्जामन्त्रीले बिजुलीलाई कच्चा पदार्थको वस्तुका रूपमा लिएर त्यसलाई बढावा दिनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘एकातिर हामीले विद्युत् खपतलाई प्राथमिकतामा राखेका छौँ भने अर्कोतर्फ अन्तरदेशीय विद्युत् व्यापारका लागि निरन्तर राजनीतिक एवं कूटनीतिक स्तरमा विचार–विमर्श गर्दै आएका छौँ। यस प्रकारको छलफललाई अझ तीव्रता दिँदै थप उपलब्धि हासिल गर्नेतर्फ नेपाल सरकार लागेको छ।’

विद्युत् उत्पादन र खपतको वास्तविकता र यस क्षेत्रका मित्रराष्ट्रको ऊर्जाको आवश्यकताका आधारमा पनि एकआपसमा सहकार्य गर्ने खालको रहेको जानकारी दिँदै उनले भनिन्, ‘हाम्रोमा उत्पादन बढी हुँदा मित्रराष्ट्रमा विद्युत्को माग बढी हुने गरेकाले पनि अवस्था सहज रहेको हो, यो विद्युत् व्यापारका माध्यमबाट एकअर्काको आवश्यकता पूरा गर्ने महत्वपूर्ण अवसर पनि हो।’

विद्युत् उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले प्रतिव्यक्ति विद्युत् खपत न्यून रहेकाले यसलाई कम्तीमा प्रतिव्यक्ति विद्युत् खपत ७ सय युनिट पुर्‍याउनुपर्ने आवश्यकता औँल्याइन्।

मन्त्री भुसालले विद्युत् व्यापारको क्षेत्रमा भारतसँग महत्वपूर्ण सहमति गरेको र त्यो दक्षिण एसियाकै ऊर्जा व्यापारका सम्बन्धमा कोसेढुंगा बन्ने आफूले विश्वास लिएको बताइन्।

समझादारी बहुपक्षीयस्तरमा पनि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। उनले त्यसका लागि सरकारले विभिन्न स्तरबाट निरन्तर पहल गरिरहेको जानकारी दिइन्। नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको तथ्य पेस गर्दै ऊर्जामन्त्रीले पछिल्लो समय निजी क्षेत्रले ऊर्जा व्यापारका सम्बन्धमा पनि निरन्तर छलफल र बहस चलाएकामा धन्यवाद दिइन्।

हालै मात्र सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय विद्युत् व्यापारको अनुमति प्रदान गरेको छ। मन्त्रालय अन्तरदेशीय विद्युत् व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि विद्युत् व्यापारका लागि अनुमति दिने तयारीमा रहेको उनले बताइन्।

उनले भनिन्, ‘विद्युत् व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ।’

विद्युत् व्यापार क्षेत्रमा नेपालको मात्र नभई भारत तथा बंगलादेशका निजी क्षेत्रले पनि यस किसिमको चासो राख्नुलाई आफूले सकारात्मक अर्थमा लिएको तथा यस्तो सक्रियताले क्षेत्रीय विद्युत् व्यापारमा महत्वपूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago