काठमाडौँ – बुद्ध एयरले स्थापनाको २५ वर्ष पूरा गरेको छ। कम्पनीले आज एक कार्यक्रमकाबीच २५ वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको बताएको हो।
बुद्ध एयरको स्थापना सन् १९९७ मा भएको हो। एउटा जहाजबाट सुरु गरेको हवाई उडानको यात्रा हाल १६ वटा जहाजसम्म पुगेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए।
उनका अनुसार बुद्ध एयरले २५ वर्षको यात्रा पार गर्दा दुई लाख ६४ हजार ९ सय १८ वटा फ्लाइट गरिसकेको छ। त्यस्तै, एक करोड ८० लाख ३२ हजार ४ सय ५८ जनाले यात्रा गरेका छन्।
कम्पनीले निकट भविष्यमा ३ वटा एटीआर जहाज थप गर्ने योजनासमेत वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको छ।
कम्पनीले हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको छ। हाल ४३ वटा रुटमा उडान भर्दै आएको छ
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…