झापा ५ मा ओलीसँग चुनाव लड्न १४ स्वतन्त्र उम्मेदवार

झापा – नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मनोनयन दर्ता गराउनेमा स्वतन्त्र उम्मेदवार मात्रै १४ जना रहेका छन्।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो।

प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता गराउनेहरूमा केपी शर्मा ओली (नेकपा एमाले), इन्द्रमणि दाहाल (स्वतन्त्र), ओममाया आङ्देम्बे (जनता समाजवादी पार्टी, नेपाल), कल्पना लावती (स्वतन्त्र), कविन्द्र शेर्मा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), केदारनाथ चापागाईं (स्वतन्त्र), खगेन्द्र अधिकारी (नेपाली कांग्रेस), चन्द्रप्रसाद राजवंशी (लोकतान्त्रिक समाजवादी पार्टी), तिर्थेश्वर चौधरी (स्वतन्त्र), तुलसीराम काफ्ले (स्वतन्त्र), दिपककुमार पाठक (स्वतन्त्र), पदमबहादुर जवेगु (राष्ट्रिय जनमुक्ति पार्टी) रहेका छन्।

त्यसैगरी विष्णुप्रसाद सिग्देल (स्वतन्त्र), भीम राजवंशी (जनमत पार्टी), भेषराज भट्टराई (स्वतन्त्र), राजन चुँडाल (नेश्नलिष्ट पिपल्स पार्टी), रामप्रसाद पाठक (सचेत नेपाली पार्टी), रामचन्द्र बानियाँ (स्वतन्त्र), रुद्रप्रसाद दाहाल (नेपाल मजदुर किसान पार्टी), रेवतीरमण खनाल (स्वतन्त्र), रोहितप्रसाद पौडेल (स्वतन्त्र), शान्ता अधिकारी (स्वतन्त्र), सुरेशकुमार पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी), सानबहादुर मेचे (मंगोल नेशनल अर्गनाइजेसन), सीताराम पोखरेल (स्वतन्त्र), सुलोचना राजवंशी (स्वतन्त्र) र सेखरनाथ सेडाईं (नेपाली कांग्रेस बी.पी.) ले उम्मेदवारी दिएका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago