दसैंकाे समयमा बाढी पहिरोमा परी ३ जनाको मृत्यु ४ जना घाइते

पाल्पा : पछिल्लाे समयमा भएकाे बर्षातपछी आएकाे बाढी पहिरोमा परी पाल्पामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । निस्दी गाउँपालिका १ अर्मलामा बसोबास गर्दै आएका ३५ वर्षी टकबहादुर बराई मगरकाे निस्दी १ सार्खर्दी खोलाले बगाउँदा मृत्यु भएको हो । यसैगरी वडा ३ झिरवासका २३ वर्षीय विरेन्द्र सोमै बुधबार दसैंको दिन स्थानीय काफलखोलामा मृत अवस्थामा भेटिएका छन् ।

यसैगरी रिव्दीकोट गाउँपालिका- ५ नयाँटोलाबाट ४ रानीठाटी जाने क्रममा बिहीबार ५ वर्षीय बालिका प्रिन्स पचभैयालाई मन्द्रिखोलाले बगाउँदा मृत्यु भएको छ । सँगै रहेका ३४ वर्षीया कविता पचभैया र ३२ वर्षीया मिना रानालाई खोलाले बगाउँदै गर्दा स्थानीयले उद्धार गरेका थिए । मृतक बालिका कविता पचभैयाकी छोरी हुन् । खोलाले बगाउँदा घाइते भएकी रानाको तानसेनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । तिनाउँ गाउँपालिका ६ मस्याम चिदिसमा निरबहादुर सारुको घर पहिरोले पुरिदा २१ वर्षीया विष्णुमाया सारु र डेढ वर्षीया अरुषी सारु घाइते भएका छन् ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago