दसैंकाे समयमा बाढी पहिरोमा परी ३ जनाको मृत्यु ४ जना घाइते

पाल्पा : पछिल्लाे समयमा भएकाे बर्षातपछी आएकाे बाढी पहिरोमा परी पाल्पामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । निस्दी गाउँपालिका १ अर्मलामा बसोबास गर्दै आएका ३५ वर्षी टकबहादुर बराई मगरकाे निस्दी १ सार्खर्दी खोलाले बगाउँदा मृत्यु भएको हो । यसैगरी वडा ३ झिरवासका २३ वर्षीय विरेन्द्र सोमै बुधबार दसैंको दिन स्थानीय काफलखोलामा मृत अवस्थामा भेटिएका छन् ।

यसैगरी रिव्दीकोट गाउँपालिका- ५ नयाँटोलाबाट ४ रानीठाटी जाने क्रममा बिहीबार ५ वर्षीय बालिका प्रिन्स पचभैयालाई मन्द्रिखोलाले बगाउँदा मृत्यु भएको छ । सँगै रहेका ३४ वर्षीया कविता पचभैया र ३२ वर्षीया मिना रानालाई खोलाले बगाउँदै गर्दा स्थानीयले उद्धार गरेका थिए । मृतक बालिका कविता पचभैयाकी छोरी हुन् । खोलाले बगाउँदा घाइते भएकी रानाको तानसेनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । तिनाउँ गाउँपालिका ६ मस्याम चिदिसमा निरबहादुर सारुको घर पहिरोले पुरिदा २१ वर्षीया विष्णुमाया सारु र डेढ वर्षीया अरुषी सारु घाइते भएका छन् ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago