प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागी ११ राजनीतिक दल र ७ स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता

पाल्पामा २ लाख १ हजार ३ सय ३६ जना मतदाता रहेका छन् भने २ सय ४६ मतदान केन्द्र रहेका छन् ।

भविन्द्र गौतम
पाल्पा, २४ असोज ।
प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नं. १ निर्वाचन अधिकृत कार्यालय रामपुर र क्षेत्र नं. २ मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनमा मनोनय दर्ता गरिएको हो । पाँच दलिय गठबन्धनका साझा उम्मेदवारहरु, नेकपा एमाले सहित अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनय दर्ता गरेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं. १ मा ६ राजनीतिक दल र ४ जना स्वतन्त्र उम्मेदवारले मनोनय दर्ता गरेका छन् । प्रदेश सभा तर्फ (क) र (ख) दुवैमा मा ५ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा क्षेत्र नं. २ मा ११ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवारले मनोनय दर्ता गरेका छन् । प्रदेशसभा (क) मा ७ राजनीतिक दल र (ख) मा ६ राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिनिधी सभा क्षेत्र नं. १ गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गाहा र नेकपा एमालेका नारायण प्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार विपिन कण्डेल, नारायण न्यौपाने, डोलराज तिमिसिल्ना र राजु सुनार उम्मेदवारी दिएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका थमन बहादुर बुढामगर, राष्ट्रिय प्रजातन्त्र पार्टी ज्ञान बहादुर सिंजाली, राष्ट्रिय जनमुक्ती पार्टीबाट उजुरी सिंह दर्लामी र जनता समाजवादी पार्टी मेहरमान रानाले उम्मेदवारी दिएका हुन् ।
प्रदेश सभा १(क) मा नेपाली कांग्रेसका श्यामकान्त खनाल र नेकपा एमालेका राजु प्रसाद श्रेष्ठ दिएका हुन् । मंगोल नेशनल अर्गनाइजेसनका पूर्ण बहादुर रुचाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुल बहादुर गाहा र राष्ट्रिय जनमुक्ती पार्टीबाट भिमसेन सुनारीमगरले उम्मेदवारी दिएका छन्
प्रदेश सभा १(ख) मा नेपाली कांग्रेसका शंकर खनाल र नेकपा एमालेका खेम बहादुर सारुको उम्मेदवारी परेको छ । मंगोल नेशनल अर्गनाइजेसनका लाल बहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मण प्रसाद पंगेनी र राष्ट्रिय जनमुक्ती पार्टीबाट टेक बहादुर रानाले उम्मेदवारी दिएका छन् ।


प्रतिनिधी सभा क्षेत्र नं. २ मा गठबन्धनबाट नेकपा समाजवादीका सोमप्रसाद पाण्डे र नेकपा एमालेका ठाकुर गैरेले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीका देव बहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, नेपाल आमा पार्टीका ताराप्रसाद खत्री, मंगोल नेशनल अर्गनाइजेशनका मन बहादुर दर्लामी, जनता समाजवादी पार्टी दुरपता सोमै, नेपाल मजदुर किसान पार्टीका शिव सुन्दर दुख्या, राष्ट्रिय जनमुक्ति पार्टीका हुम बहादुर थापा मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीका भोजिन्द्र बहादुर के.सी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल खडानन्द गैरे मनोनयन दर्ता गरेका छन । स्वतन्त्र उम्मेदवार जिवलाल सुवेदी, केशर बहादुर आले र उपेन्द्रराज गहिरेले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा २ (क) मा कांग्रेसका वीर बहादुर राना र नेकपा एमालेका पर्शुराम भट्टराई उम्मेदवारी दिएका हुन् । जनता समाजवादी पार्टीका खिक बहादुर रेश्मी, नेशनल मंगोल अर्गनाइजेशनका लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका टेक बहादुर राना, नेपाल मजदुर किसान पार्टीका माधव अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरे मनोनयन दर्ता गरेका छन् ।
प्रदेश सभा २ (ख) मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तिमगर (बसन्त) र नेकपा एमालेका ओमबहादुर घर्ती मगरको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रपाणी पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र बहादुर अस्लामी, नेशनल मंगोल अर्गनाइजेशनका शिव बहादुर गाहा, र जनता समाजवादी पार्टीका राजन खड्काले मनोनय दर्ता गरेका छन् ।
पाल्पामा २ लाख १ हजार ३ सय ३६ जना मतदाता रहेका छन् । १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ जना पुरुष मतदाता हुन । एक सय १८ मतदान स्थल र २ सय ४६ केन्द्र रहेका छन् ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago