प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागी ११ राजनीतिक दल र ७ स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता

पाल्पामा २ लाख १ हजार ३ सय ३६ जना मतदाता रहेका छन् भने २ सय ४६ मतदान केन्द्र रहेका छन् ।

भविन्द्र गौतम
पाल्पा, २४ असोज ।
प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नं. १ निर्वाचन अधिकृत कार्यालय रामपुर र क्षेत्र नं. २ मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनमा मनोनय दर्ता गरिएको हो । पाँच दलिय गठबन्धनका साझा उम्मेदवारहरु, नेकपा एमाले सहित अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनय दर्ता गरेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं. १ मा ६ राजनीतिक दल र ४ जना स्वतन्त्र उम्मेदवारले मनोनय दर्ता गरेका छन् । प्रदेश सभा तर्फ (क) र (ख) दुवैमा मा ५ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा क्षेत्र नं. २ मा ११ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवारले मनोनय दर्ता गरेका छन् । प्रदेशसभा (क) मा ७ राजनीतिक दल र (ख) मा ६ राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिनिधी सभा क्षेत्र नं. १ गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गाहा र नेकपा एमालेका नारायण प्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार विपिन कण्डेल, नारायण न्यौपाने, डोलराज तिमिसिल्ना र राजु सुनार उम्मेदवारी दिएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका थमन बहादुर बुढामगर, राष्ट्रिय प्रजातन्त्र पार्टी ज्ञान बहादुर सिंजाली, राष्ट्रिय जनमुक्ती पार्टीबाट उजुरी सिंह दर्लामी र जनता समाजवादी पार्टी मेहरमान रानाले उम्मेदवारी दिएका हुन् ।
प्रदेश सभा १(क) मा नेपाली कांग्रेसका श्यामकान्त खनाल र नेकपा एमालेका राजु प्रसाद श्रेष्ठ दिएका हुन् । मंगोल नेशनल अर्गनाइजेसनका पूर्ण बहादुर रुचाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुल बहादुर गाहा र राष्ट्रिय जनमुक्ती पार्टीबाट भिमसेन सुनारीमगरले उम्मेदवारी दिएका छन्
प्रदेश सभा १(ख) मा नेपाली कांग्रेसका शंकर खनाल र नेकपा एमालेका खेम बहादुर सारुको उम्मेदवारी परेको छ । मंगोल नेशनल अर्गनाइजेसनका लाल बहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मण प्रसाद पंगेनी र राष्ट्रिय जनमुक्ती पार्टीबाट टेक बहादुर रानाले उम्मेदवारी दिएका छन् ।


प्रतिनिधी सभा क्षेत्र नं. २ मा गठबन्धनबाट नेकपा समाजवादीका सोमप्रसाद पाण्डे र नेकपा एमालेका ठाकुर गैरेले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीका देव बहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, नेपाल आमा पार्टीका ताराप्रसाद खत्री, मंगोल नेशनल अर्गनाइजेशनका मन बहादुर दर्लामी, जनता समाजवादी पार्टी दुरपता सोमै, नेपाल मजदुर किसान पार्टीका शिव सुन्दर दुख्या, राष्ट्रिय जनमुक्ति पार्टीका हुम बहादुर थापा मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीका भोजिन्द्र बहादुर के.सी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल खडानन्द गैरे मनोनयन दर्ता गरेका छन । स्वतन्त्र उम्मेदवार जिवलाल सुवेदी, केशर बहादुर आले र उपेन्द्रराज गहिरेले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा २ (क) मा कांग्रेसका वीर बहादुर राना र नेकपा एमालेका पर्शुराम भट्टराई उम्मेदवारी दिएका हुन् । जनता समाजवादी पार्टीका खिक बहादुर रेश्मी, नेशनल मंगोल अर्गनाइजेशनका लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका टेक बहादुर राना, नेपाल मजदुर किसान पार्टीका माधव अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरे मनोनयन दर्ता गरेका छन् ।
प्रदेश सभा २ (ख) मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तिमगर (बसन्त) र नेकपा एमालेका ओमबहादुर घर्ती मगरको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रपाणी पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र बहादुर अस्लामी, नेशनल मंगोल अर्गनाइजेशनका शिव बहादुर गाहा, र जनता समाजवादी पार्टीका राजन खड्काले मनोनय दर्ता गरेका छन् ।
पाल्पामा २ लाख १ हजार ३ सय ३६ जना मतदाता रहेका छन् । १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ जना पुरुष मतदाता हुन । एक सय १८ मतदान स्थल र २ सय ४६ केन्द्र रहेका छन् ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago