स्याटको चित्रकला प्रतियोगिता सु-सम्पन्न

सुरेन्द्र चौहान,काठमाडौं: निजी बिद्यालयको सङ्गठन स्कुलस फर एकेडेमिक टान्सफरमेसन (स्याट) का सदस्य बिद्यालय स्तरिय अन्तर विद्यालय चित्रकला तथा बादविवाद प्रतियोगिता सामतेन स्कुलमा सु-सम्पन्न भएको छ ।

विद्यालयमा मात्र सिमित विद्यालय भित्रका बिभिन्न गतिविधी लाई विद्यालयहरु बिच बिभिन्न प्रतियोगिता मार्फत विद्यार्थिहरु लाई सारिरिक एवं मानसिक रूपमा सबल बनाउने उदेस्यले आयोजना गरिएको कार्यक्रम हो। स्याटले विद्याथीहरुको क्षमताको पहिचान गर्दै विभिन्न विधामा अभिमुखीकरण कार्यक्रमदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । विशेष गरी फुटसल, डान्स, बास्केटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी करिअर काउन्सिल लगायतको विधामा कार्यक्रमको आयोजना गर्दै आएको छ ।

विद्यालय स्तरिय यसकार्यक्रममा बुढानिलकण्ठ नगरपालिका एव नेसनल प्याब्सनको प्रतक्ष्य सहभागितामा गरिएको यस कार्यक्रममा छात्र र छात्रा हरुको बिशेष उपस्थिति रहि गरिएको कडा प्रतिस्पर्धाबिच सम्पन्न भयो। यस कार्यक्रममा जुनियर चित्रकलातर्फ गोल्डेन गार्डेन इनटरनेसनल स्कुलका अम्बिर राई प्रथम, पिक पोइन्टएकेडेमीकि छात्रा सृष्टि राई द्वितिय , सोहि विद्यालयकी मनिशा कटुवाल तृतीय स्थान र चौथो स्थानमा ब्रुकलिन एकेडेमिकि छात्रा मुस्कान कुमारी साह भएकी छन्।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago