टोकियो: होडबाजी मच्चाएर हानथाप गर्नु भन्दा आपसी समझदारीमा सहमति गरेर निर्विरोध निर्वाचितको बाताबरण बनाएर समाजलाई सकरआत्मक सन्देश दिनपर्ने भन्ने भनाईलाई आत्मसाथ गर्छु भन्दै आएपनि उम्मेदवारी फिर्ता नलिदा सहमति कायम हुन सकेन र निर्वाचनमा उत्रिएका सबैको लागि विकाश श्रेष्ठको प्रेस विज्ञप्ती
मिति :- २०२२ -९-१०
विज्ञप्ती
गैरआवासीय नेपाली संघ जापानको ईतिहासमा सुरूकै दिनबाटै यस संस्थाको बाहिर बसेर निरन्तर सहयोगी गतिबिधि गर्दै आएको कुरा NRNA का शुभचिन्तक सम्पुर्णमा अवगत नै छ। लामो समयको NRNA यात्रामा कहिले सल्लाहकार कहिले बिभिन्न बिभाग र निर्वाचन समितिमा बसेर आफ्नो जिम्मेवारी पुरा गर्दै तन, मन र धनले पनि साथ समर्थन गर्दै पछिल्लो निर्वाचनमा आईसिसि कार्यसमितिमा नै बसेर काम गर्ने सोचका साथ सदस्य पदमा उम्मेदवार मनोनयन गरेको कुरा पनि हजुरहरू सम्पुर्ण जानकार नै हुनु हुन्छ। निर्वाचनको चरम माहोलमा हुमिदै गर्दा केहि अग्रजहरू भनाई यो सामाजिक संस्था हो यहाँ केहि दिन जाने हो त्यसैले होडबाजी मच्चाएर हानथाप गर्नु भन्दा आपसी समझदारीमा सहमति गरेर निर्विरोध निर्वाचितको बाताबरण बनाएर समाजलाई सकरआत्मक सन्देश दिनपर्ने भन्ने भनाईलाई आत्मसाथ गर्दै महिले मेरो उम्मेदवार फिर्ता लिएको थिए। अन्तत अन्य उम्मेदवारले आफ्नो अडान कायम राखेर उम्मेदवारी फिर्ता नलिदा सहमति कायम हुन सकेन र निर्वाचनमा उत्रिनु भयो। निर्वाचनमा उत्रिय र पनि निर्वाचनको परिणामलाई नस्विकार्नु भनेको जनमतको अपहेलना गर्नु पनि हो भन्ने मेरो बुझाई हो। निर्वाचन प्रक्रियामा केही बेथिती र टुटिहरू थिए होलान हाम्रो बिरोध भनेको बेथिति र बिकृती बिरूद्ध हुन पर्थ्यो र आगमी निर्वाचनलाई यस्ता कुराबाट टाढा राखेर निष्पक्ष र धादली रहितको बाटोमा लान सकेको भए असन्तुष्ट पक्षको बिरोध र लडाई पक्कै पनि सार्थक र सम्मानजनक साबित हुने थियो। बिडम्वना तेस्तो हुन सकेन आज निर्वाचन पराजित हुदा पनि जनमतलाई अस्विकार गरि पदनै चाहिने र पद पाए पछि सबै मिल्ने हो भने यो एऊटा अर्को बिकृती र कुसंस्कारको सुरूवात भएको भन्ने मेरो बुझाई हो र यस्ता अनैतिक गतिबिधि संग टाढा रहदै यस्ता क्रियाकलाप को घोर भर्त्सना गर्दै मेरो आफ्नो एजेण्डा भनेको राजनिति भागबण्डा भन्दा पनि संस्थामा योगदानको मुल्याङकन गरि निर्णय लिन पर्ने भन्ने हो। यसै अनुसार संस्थालाई बन्धक भन्दा पनि निकास दिनको लागि सम्बन्धित सबैमा अनुरोध समेत गर्दछु।
धन्यबाद
बिकास श्रेष्ठ
आईसिसि सदस्य पदको उम्मेदवार
२०२१-०२३
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…