काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ११ अंकले २,०५७ दशमलव ६८ अंकको विन्दुमा कायम भएको छ । आज ११९ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ भने ५६ कम्पनीको शेयर मुल्य बढेको छ ।
आज दिनभरमा २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नागकि लगानी कोषको शेयर कारोबार भएको छ । कोषको १० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भउको छ । नविल बैंकको ६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । यूनिलिभर नेपालका लगानीकर्ताले ४ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ३ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…