किन परे १३ सामुदायिक विद्यालय कालोसूचीमा

वीरगञ्‍ज: पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गर्न अटेर गरेको भन्दै विद्यालयलाई कालोसूचीमा राखिएको हो ।
यसरी कालोसूचीमा पर्ने विद्यालयमा त्रिजुद्ध माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, विश्वहिन्दू संस्कृति आधारभूत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभूत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा वीरगञ्ज, नेपाल राष्ट्रिय आधारभूत विद्यालय अपौनी रहेका छन् ।

यसैगरी नेपाल राष्ट्रिय आधारभूत विद्यालय परवानीपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय मनियारी, रामजानकी आधारभूत विद्यालय रामगढवा, मदर्सा इस्लामिया आधारभूत विद्यालय सुगौलीविर्ता, नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसोतिपुर, नेपाल रेडक्रस आधारभूत विद्यालय लक्ष्मीपुर वेल्वा र आदर्श बालविकास आधारभूत विद्यालय बेल्वा रहेका छन् ।

कालोसूचीमा परेका विद्यालय अहिले प्राप्त कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट बञ्चित हुने महानगरले जारी गरेको सूचनामार्फत जानकारी दिइएको हो । प्रधानाध्यापकका कारण नै यस्तो अवस्था आएको भन्दै विद्यालयले प्राप्त गरिरहेको सुविधा कटौती भए स्वयं विद्यालय नै जिम्मेवार हुने सूचनामा उल्लेख छ । रासस

Comments
Kamal Panthi

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago