पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आए

काठमाडौं: उत्तरी छिमेकी चीनको सत्तारूढ दल चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आएका छन्। केही समयअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओ चार दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन्। बिहान १० बजेतिर आठ सदस्यीय टोलीको नेतृत्व गर्दै जियानचायो चार्टर्ड जहाजमा काठमाडौं आइपुगेका हुन्।

काठमाडौंमा रहँदा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग भेटघाट गर्ने छन्। उनले आजै दिउँसो प्रधानमन्त्री देउवालाई भेट्ने छन्।

जियानचाओले सोमबार माओवादी अध्यक्ष प्रचण्डसँग र मंगलबार बिहान एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यसअघि उनले यी दुबै नेतासँग भर्चुअल कुराकानी गरेका थिए। गत चैतमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए। उनीपछि नेपाल आउने जियानचाओ उच्च चिनियाँ अधिकारीहरू हुन्।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago