कसले छुट्याएको रहेछ बाबु – आमाको नाममा बजेट?

काठमाडौं: गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवा–आमाको नाममा रहेको ट्रष्टका लागि छुट्याइएको बजेट हटाइदिन अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि गण्डकी प्रदेश सरकारले करिब एक करोड बजेट छुट्याएको थियो ।

मन्त्री श्रेष्ठले आज सामाजिक सन्जालमा स्टाटस राख्दै ट्रष्टको बजेट आगामी वर्षको बजेटबाट हटाइदिन आग्रह गरेका हुन् । ‘यो शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थमन्त्री ज्यूलाई अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले लेखेका छन्, ‘मेरो बुवा–आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु ।’ यो फिर्ता भएको बजेट असहाय, ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस् भन्ने उनको चाहना छ ।

गृहजिल्ला स्याङ्जाका ज्येष्ठ नागरिक, विद्यार्थी, असहाय र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यका साथ १२ वर्षअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर श्रेष्ठले ट्रष्ट स्थापना गरेका थिए । उनले ट्रष्टका लागि बजेट विनियोजन गरिदिन अर्थमन्त्रीलाई आग्रह गरेका थिए । उनको आग्रह बमोजिम गण्डकी सरकारले एक करोड बजेट छुट्याइदिएको छ ।

यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको बुवाको नामबाट उनको गृह जिल्ला तनहुँमा स्थापना गरिएको गोबर्द्धन शर्मा स्मृति कोषलाई ५० लाख बजेट छुट्याइएको छ । बजेटमा मुख्यमन्त्री र मन्त्रीका बुवा–आमाको नाममा सरकारी कोषमा रजाइँ गरेको भन्दै विरोध भइरहेको छ ।

गण्डकी प्रदेश सरकारले असार १ गते ३५ अर्ब ९० करोड ९० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको थियो । बजेटमा गठबन्धन दलहरुबाटै असन्तुष्टि छ । बजेट पारित गर्ने उद्देश्यले आगामी २८ गते प्रदेश सभाको बैठक बोलाइएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago