अल्लाहको आदेशमा इब्राहिमले छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा, कसरी मनाइन्छ बकर ईद ?

भैरहवा: इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो मुख्य पर्व ईद- उल-अजहा (बकरा ईद ) आज आइतबारबाट मनाइँदै छ । इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ ।

इदलुफित्र पर्वको ठीक ७० दिनपछि सुरु हुने यो पर्वमा पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने यो पर्व तीन दिनसम्म मनाइन्छ । बकर ईदको पहिलो दिन, बिहानै नुहाइधुवाइ गरी सुकिलाे, सफा कपडाका साथमा अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढ्ने गरिन्छ ।

ईस्लाम धर्मको महान पर्व (ईदुल फित्र) ईद र (ईदुलअजहा) बकरईदको दिन मुस्लिम समुदाय एकत्रित इदगाहमा नमाज पढ्ने गर्छन् । अल्लाहको आदेशमा इब्राहिमले आफ्ना प्यारो छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाइन्छ ।

अल्लाहको आदेशमा इब्राहिमलाई आफ्नो नजिकको प्यारो के हो त्यसको कुर्वानी (बलिदान) दिनु भन्ने थियो, जसअनुसार छोरा इस्माइललाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँले बलिदान दिने क्रममा इब्राहिमको हातबाट अकस्मात छोराको ठाँउमा दुम्बा(मरुभुमिमा पाइने भेडा) राखिदिए बलिदान गर्ने भनी आदेश दिए, बलिदान दिँदा इब्राहिमको नजरमा उनकाे छोरा इस्माइलको कुर्बानी भयो भन्ने थियो । तर, आँखा खोल्दा छोरा नभएर एउटा दुम्बालाई कुर्बान गरेका थिए, सोही घटनाको सम्झनामा यो पर्व मनाइन्छ ।
बकरइदमा नमाजपछि आआफनो घर गई क्षमता र हैसियत हुनेहरूले कुर्बानी (बलि दिने) गरिन्छ । त्यस्तो कुर्बानी चौपायामा मात्रै गर्नुपर्ने हुन्छ । खसी, राँगा, भेंडा, उँट, दुम्बा (खाडीमा पाइने जनावर) लगायतका जनावरलाई कुर्बानी दिन योग्य मानिन्छ । ठूला जनावरहरू राँगा, ऊँट लगायतमा ३, ५ र ७ जनासम्मले समूहमा वा एकै व्यक्तिको नाममा कुर्बानी दिने गरिन्छ भने् खसी, बाख्रा, दुम्बामा एकजनाको नाममा मात्रै लगाउने चलन छ । त्यस्तो जनावर बिरामी, खुट्टा खोच्याउने, कान काटिएको, सिङ भाँचिएको भने हुनु हुँदैन ।

इस्लामिक धर्माबलम्बीका अनुसार, कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ । एक भाग आफ्ना घर परिवारका लागि, अर्को आफन्त तथा इष्टमित्रका लागि र तेस्रो भाग गरिब एंव असक्षम मानिस लागि छुट्याउनु पर्ने हुन्छ । यो पर्वमा कोही पनि मासु खानबाट बन्चित नहोस् भन्ने मान्यता छ । कुर्बानीको मासु तराजुमा तौलन र बिक्री गर्न मिल्दैन । कुर्बानी भएको जनावरको छाला मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । यो नियम सबै मुस्लिमले पालना गर्नुपर्ने हुन्छ ।

यस्तै दोस्राे र तेस्राे दिन पनि कुर्बानी दिन सकिन्छ । यो बकर ईदसँग हज (तीर्थाटन) समेत जोडिएको हुन्छ । प्रत्येक वर्ष नेपालबाट सयाैँ हजयात्री हजमा सहभागी हुन साउदी अरेवियाको मक्का जाने गरेका छन् । हजमा गएका नेपालीहरूले बकर ईदको नमाज साउदीमा नै पढ्ने गर्छन् ।

यो महिनापछि इस्लामिक नयाँ वर्ष मोहर्रम सुरु हुन्छ । बकर ईद पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago