घरेलु टोली विजय युथ क्लब फाइनल प्रवेश-मकवानपुर गोल्डकप

मकवानपुर: मकवानपुरको हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबलमा घरेलु टोली विजय युथ क्लब हेटौंडा फाइलनमा प्रवेश गरेको छ । आजबाट सुरू भएको सेमिफाइनल खेलमा बिजयी हुँदै विजय युथ क्लबले फाइनलको यात्रा तय गरेको हो ।

हेटौंडा–५ को पिप्ले रंगशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई शुन्यविरुद्ध एक गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय युथ क्लब फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा विजय युथका विदेशी खेलाडी पेपेले गरेको गरेको गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद १० हजार प्राप्त गरे । विजय युथले अब भोलि हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको विजेतासँग जेठ ३० गते फाइनल खेल खेल्नेछ ।

दोस्रो सेमिफाइनल खेलमा भोलि अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने छ । प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago