धानको बीउ महँगोमा वितरण गर्ने सहकारीले मूल्य फिर्ता गर्ने

रामपुर: अनुदानको धानको बीउ खरिद गरी महँगो मूल्यमा विक्री गरेको दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुरले किसानलाई रकम फिर्ता दिने भएको छ । सहकारीले प्रतिकिलो ३९ मा रामपुर नगरपालिकाबाट अनुदानमा खरिद गरी ल्याएको धानको बीउ रु ४५ मा किसानलाई बिक्री गरेको थियो ।

सहकारीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले विविध कारणले गर्दा उठाइएको रकम फिर्ता दिने निर्णय गरिएको छ । प्रतिकिलो दुई ढुवानी खर्च मात्रै लिने, धान वितरणमा परिचालित कर्मचारी खाजा खर्च, भण्डारण खर्च सबै सहकारीले व्यहोर्ने गरी चार रुपैयाँ फिर्ता गर्ने निर्णय भएको सहकारीका अध्यक्ष भेषबहादुर वंशीले बताए ।

सहकारीले ढुवानी, भण्डारण खर्च, धान वितरणमा परिचालित जनशक्तिलाई खाजा खर्च, खुल्ला धान विक्री गर्दा पैसा फिर्ता गर्न झण्झटजस्ता कारण देखाउँदै प्रतिकिलोमै रु छ नाफा लिएर बीउ वितरण गरेको हो ।

किसानलाई सहुलियतमा वितरण गर्न ल्याइएको अनुदानको बीउ बढी मुल्यमा बिक्री गरेको थाहा पाएपछि रामपुर नगरपालिकाले लिखित पत्र सहकारीलाई बुझाए पश्चात् रकम फिर्ता दिने भएको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउँछन् ।

रामपुर नगरपालिकाले नेपाल सरकारले तोकेको मूल्यका आधारमा प्रतिकिलो रु ७८ पर्ने धानलाई ५० प्रतिशत अनुदानमा रु ३९ मा घर संसार वितरक फार्मबाट वितरणका लागि अनुमति दिई कृषि सहकारी, समुह र कृषकलाई वितरण गरेको जनाइएको छ ।

सो सहकारीलाई नगरपालिकाले पाँच हजार ५०० किलो बीउ उपलब्ध गराएको हो । नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन बीउ वितरण गरिएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago