हाकिमका श्रीमतीहरू नै मिटर ब्याज असुलीमा संलग्‍न

काठमाडौं: नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृहमन्त्रालयका हाकिमका श्रीमती र सहयोगीहरू नै मिटर ब्याज असुलीमा संलग्न रहेको आरोप लगाएका छन् ।

आगामी आर्थिक वर्ष २०७९–०८० का लागि सरकारले यही जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमार्फत विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सांसद सुवालले सरकारले मिटर ब्याज नियन्त्रण गर्नेबारे बजेट वक्तव्यमा उल्लेख गरे पनि कानुनको पहुँचमा हुनेहरू नै यसको नियन्त्रणमा बाधक देखिएको दाबी गरे ।
‘गृह प्रशासनका हाकिमहरूका श्रीमती, आफन्त र सल्लाहकारहरू मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको समाचार पनि छ,’ उनले भने, ‘यस्ता गलत काम त कानुन हात लिन सक्नेहरूले गरेको देखियो नि ।’

महोत्तरी र सप्तरीका केही व्यापारीहरूले मिटर ब्याजको नाममा विभिन्न विपन्न समुदायका नागरिकमाथि शोषण गरिरहेको समाचार आएपछि अहिले सांसदहरूले यसबारे प्रश्न सोधिरहेका छन् । शुक्रबारको बैठकमा नेकपा माओवादीका नेता गिरिराजमणि पोखरेलले पनि संसद्मा मिटर ब्याजका कारण पीडितले न्याय पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाणलाई सप्तरीका रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धानअगाडि बढाउन निर्देशन दिएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago