काठमाडौं: नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि प्रक्रिया अघि बढाएकोमा स्वतन्त्र ऊर्जा उत्पादनकहरुको संस्था, नेपाल (इप्पान) ले स्वागत गरेको छ ।

प्राधिकरणको यस कदमले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने मुलुकको बहुप्रतिक्षित सपना साकार हुने अवस्थाको सुरुआत भएको इप्पानको ठहर छ । यसबाट विद्युत ब्यापारको क्षेत्रमा नयाँ अध्यायको सुरुआत हुने र आगामी दिनहरुमा यसले थप उचाई प्राप्त गरोस् भन्दै ईप्पानले शुभकामना पनि व्यक्त गरेको छ ।

अघिल्लो वर्षको वर्षायाममा ३९ मेगावाट बिजुली निर्यात गर्न शुरु गरेको प्राधिकरणले यो वर्ष ३६४ मेगावाटसम्म निर्यात गर्न सक्ने अवस्थामा पुग्नु अत्यन्त सुखद भएको इप्पानको भनाइ छ । ‘यसले आगामी दिनहरुमा नेपालको जलविद्युतले छिमेकी मुलुकहरुमा अझै राम्रो बजार प्राप्त गर्न सक्ने आधार र विश्वास निर्माण गरेको छ,’ इप्पानले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालको बिद्युत ब्यापारको यस्तो प्रगतिशील कदमले ऊर्जा क्षेत्रका निजी लगानीकर्ताहरुमा ठूलो आशा, विश्वास र हौसला बढाउनुको साथै यो क्षेत्रमा देशी, बिदेशी लगानीकर्ताहरु थप आकर्षित गराउने निश्चित छ ।’

विद्युत निर्यातको लागि प्राधिकरणले भारतीय कम्पनीहरू मानिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडलाई टेन्डर छनोट प्रक्रिया अगाडि बढेको इप्पानले जनाएको छ ।

विज्ञप्तिअनुसार छनोट भएकामध्ये, मानिकरणले प्रतियुनिट भारु ४.८६ (७.७७६ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट र एनभिभिएनले प्रतियुनिट भारु ४.३० (६.८८ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट गरी २०० मेगावाट बिजुली खरिद गर्ने छ ।
‘यसबाट प्राधिकरणले आगामी जुलाई १ देखि नोभेम्बर १५ (असार १७ गतेदेखि कात्तिक २९ गते) सम्म ६४ करोड ८० लाख युनिट बिजुली बिक्री गरी ४ अर्ब ७४ करोड ८५ लाख ४४ हजार रुपैयाँ आम्दानी गर्नेछ,’ विज्ञप्तिमा छ, ‘सम्झौताअनुसार मानिकरणले एनभिभिएनभन्दा प्राधिकरणलाई २९ करोड ३ लाख रुपैयाँ बढी भुक्तानी गर्नेछ ।’

इप्पानले यो उपलब्धीलाई ऊर्जा उत्पादनमा निजी क्षेत्र संलग्न भएको उपजका रुपमा लिएको छ । करिब तीन दशक अघिदेखि ऊर्जा उत्पादनका क्षेत्रमा निजी क्षेत्रको सार्थक सहभागिताका कारण हाल वर्षा याममा हजार मेगावाटभन्दा अधिक बिजुली आन्तरिक खपतभन्दा बढी हुन थालेको छ । यसरी बढ़ी हुने हजार मेगावाटमध्ये ३६४ मेगावाट विनिमय बजारमा तथा २०० मेगावाट मध्यकालनीन बजारमा बिक्री हुने र ाँंकी ४३६ मेगावाट को भने अझै बजार खोज्नुपर्ने इपानको भनाइ छ ।

‘यद्यपि बिद्युत ब्यापारमा अहिले नेपाल सरकारको मात्र सहभागिता रहेको छ । मुलुकमा बर्षेनी ठूलो परिमाणमा बिद्युत उत्पादन हुन थालेको बर्तमान परिपे्रक्ष्यमा बिद्युत उत्पादन, प्रशारण र वितरण अब सरकारले मात्र गर्न संभव छैन,’ विज्ञप्तिमा छ, ‘यसका लागि सरकारले बिद्युत ब्यापारमा निजी क्षेत्रको सहभागिताका लागि मार्गप्रशस्त गरिदिनुपर्छ ।’

सरकारले बिद्युत ब्यापारमा निजी क्षेत्रको सहभागी गराउन भनेर निर्माण गरिरहेको ऐन, कानुन तथा लाइसेन्सको प्रक्रिया अत्यन्त सुस्त गतिमा अघि बढ्दा १० वर्षमा १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का पुग्ने इप्पानले जनाएको छ ।

‘तसर्थ, विद्युत व्यापार निजी क्षेत्रको लागि खुला गर्ने कार्यलाई यथाशीघ्र अघि बढाइयोस भन्ने इप्पान जोडदार माग गर्दछ । साथै, विद्युत बजारको सुनिश्चितता हुंदै गएको परिप्रेक्ष्यमा निजी क्षेत्रको लगानीमा उत्पादन हुने बिद्युतको खरिद बिक्री सम्झौता पनि सुचारु हुने इप्पानले विश्वास लिएको छ,’ विज्ञप्तिमा छ ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago