काठमाडौं: नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि प्रक्रिया अघि बढाएकोमा स्वतन्त्र ऊर्जा उत्पादनकहरुको संस्था, नेपाल (इप्पान) ले स्वागत गरेको छ ।

प्राधिकरणको यस कदमले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने मुलुकको बहुप्रतिक्षित सपना साकार हुने अवस्थाको सुरुआत भएको इप्पानको ठहर छ । यसबाट विद्युत ब्यापारको क्षेत्रमा नयाँ अध्यायको सुरुआत हुने र आगामी दिनहरुमा यसले थप उचाई प्राप्त गरोस् भन्दै ईप्पानले शुभकामना पनि व्यक्त गरेको छ ।

अघिल्लो वर्षको वर्षायाममा ३९ मेगावाट बिजुली निर्यात गर्न शुरु गरेको प्राधिकरणले यो वर्ष ३६४ मेगावाटसम्म निर्यात गर्न सक्ने अवस्थामा पुग्नु अत्यन्त सुखद भएको इप्पानको भनाइ छ । ‘यसले आगामी दिनहरुमा नेपालको जलविद्युतले छिमेकी मुलुकहरुमा अझै राम्रो बजार प्राप्त गर्न सक्ने आधार र विश्वास निर्माण गरेको छ,’ इप्पानले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालको बिद्युत ब्यापारको यस्तो प्रगतिशील कदमले ऊर्जा क्षेत्रका निजी लगानीकर्ताहरुमा ठूलो आशा, विश्वास र हौसला बढाउनुको साथै यो क्षेत्रमा देशी, बिदेशी लगानीकर्ताहरु थप आकर्षित गराउने निश्चित छ ।’

विद्युत निर्यातको लागि प्राधिकरणले भारतीय कम्पनीहरू मानिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडलाई टेन्डर छनोट प्रक्रिया अगाडि बढेको इप्पानले जनाएको छ ।

विज्ञप्तिअनुसार छनोट भएकामध्ये, मानिकरणले प्रतियुनिट भारु ४.८६ (७.७७६ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट र एनभिभिएनले प्रतियुनिट भारु ४.३० (६.८८ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट गरी २०० मेगावाट बिजुली खरिद गर्ने छ ।
‘यसबाट प्राधिकरणले आगामी जुलाई १ देखि नोभेम्बर १५ (असार १७ गतेदेखि कात्तिक २९ गते) सम्म ६४ करोड ८० लाख युनिट बिजुली बिक्री गरी ४ अर्ब ७४ करोड ८५ लाख ४४ हजार रुपैयाँ आम्दानी गर्नेछ,’ विज्ञप्तिमा छ, ‘सम्झौताअनुसार मानिकरणले एनभिभिएनभन्दा प्राधिकरणलाई २९ करोड ३ लाख रुपैयाँ बढी भुक्तानी गर्नेछ ।’

इप्पानले यो उपलब्धीलाई ऊर्जा उत्पादनमा निजी क्षेत्र संलग्न भएको उपजका रुपमा लिएको छ । करिब तीन दशक अघिदेखि ऊर्जा उत्पादनका क्षेत्रमा निजी क्षेत्रको सार्थक सहभागिताका कारण हाल वर्षा याममा हजार मेगावाटभन्दा अधिक बिजुली आन्तरिक खपतभन्दा बढी हुन थालेको छ । यसरी बढ़ी हुने हजार मेगावाटमध्ये ३६४ मेगावाट विनिमय बजारमा तथा २०० मेगावाट मध्यकालनीन बजारमा बिक्री हुने र ाँंकी ४३६ मेगावाट को भने अझै बजार खोज्नुपर्ने इपानको भनाइ छ ।

‘यद्यपि बिद्युत ब्यापारमा अहिले नेपाल सरकारको मात्र सहभागिता रहेको छ । मुलुकमा बर्षेनी ठूलो परिमाणमा बिद्युत उत्पादन हुन थालेको बर्तमान परिपे्रक्ष्यमा बिद्युत उत्पादन, प्रशारण र वितरण अब सरकारले मात्र गर्न संभव छैन,’ विज्ञप्तिमा छ, ‘यसका लागि सरकारले बिद्युत ब्यापारमा निजी क्षेत्रको सहभागिताका लागि मार्गप्रशस्त गरिदिनुपर्छ ।’

सरकारले बिद्युत ब्यापारमा निजी क्षेत्रको सहभागी गराउन भनेर निर्माण गरिरहेको ऐन, कानुन तथा लाइसेन्सको प्रक्रिया अत्यन्त सुस्त गतिमा अघि बढ्दा १० वर्षमा १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का पुग्ने इप्पानले जनाएको छ ।

‘तसर्थ, विद्युत व्यापार निजी क्षेत्रको लागि खुला गर्ने कार्यलाई यथाशीघ्र अघि बढाइयोस भन्ने इप्पान जोडदार माग गर्दछ । साथै, विद्युत बजारको सुनिश्चितता हुंदै गएको परिप्रेक्ष्यमा निजी क्षेत्रको लगानीमा उत्पादन हुने बिद्युतको खरिद बिक्री सम्झौता पनि सुचारु हुने इप्पानले विश्वास लिएको छ,’ विज्ञप्तिमा छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago