काठमाडौं: आज साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ६४ अकले घटेर २,०४८ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक रात्ताम्मे भएका छन् ।
आज दिनभरिमा २२९ वटा कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ४१ लाख २४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज मेगा बैंकको ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्रिन भेञ्चर लिमिटेड र उपकार लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बलेफि हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७५ प्रतिशतका दरले गुमाएका हुन् ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…